बाजेको सेकुवा लिमिटेड
काठमाडौँ ०१, काठमाडौँ, नेपाल को
विशेष साधारण सभाको सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०३/१९
आदरणीय शेयरधनी महानुभावहरु,
यस बाजेको सेकुवा लिमिटेडको मिति २०८३ साल असार १८ गते, बिहिबार दिनको ११:०० बजे बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा तपसिलका विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने हुँदा कम्पनी ऐन, २०६३ को दफा ८२(१) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. विशेष साधारण सभा हुने मिति, समय र स्थान:
मिति: २०८३ साउन ०१ गते, शुक्रबार (तदनुसार १९ जुलाई, सन् २०२६)
समय: बिहान ११ बजे
स्थान: कम्पनीको रजिष्टर्ड कार्यालय, बत्तीसपुतली ०१, काठमाडौँ ।
२. छलफलका विषयहरु:
विशेष प्रस्तावहरु:
- कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा ।
- प्रिमियम मूल्यमा संस्थापक समूहको साधारण शेयर जारी गर्ने तथा सो प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
- कम्पनीको पुँजी संरचना बमोजिम सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये कम्पनीको जारी पुँजीको २० प्रतिशत (२०%) शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत सर्वसाधारणमा निष्काशन गर्ने प्रस्तावमाथि छलफल गरी उक्त कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।
- प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) का लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने तथा सो सम्बन्धमा आवश्यक सम्झौता गर्ने सम्बन्धमा ।
- विशेष साधारण सभाबाट पारित भएका प्रस्ताव तथा संशोधनहरुको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
- प्रारम्भिक सार्वजनिक शेयर निष्काशन (IPO) बाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी योजना स्वीकृत गर्ने सम्बन्धमा ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव




