काठमाडौं — सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासनमा ल्याएको छ। कम्पनीले कुल ८ लाख ६३ हजार २०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरेको हो, जसमा लगानीकर्ताले ८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको खरिदका लागि आवेदन दिन सक्नेछन्।
यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरिसकेपछि बाँकी रहेको हिस्सा अहिले सर्वसाधारणलाई खुला गरिएको हो। समग्रमा १ अर्ब ४ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले कूल २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। प्रारम्भिक चरणमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ भने माग नपुगेको खण्डमा असोज ५ गतेसम्म समयावधि लम्बिनेछ। इच्छुक महानुभावहरूले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरोसेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन बुझाउन सक्नेछन्। यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
वित्तीय रूपमा ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यस आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ छ। पुस मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा माथि रहेको छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा छ। इक्रा नेपालले यसलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ। आईपीओबाट संकलित रकम बैंकको ऋण तिर्न प्रयोग गरिनेछ भने नेप्सेमा सूचीकरण भएपछि यसको पहिलो कारोबारका लागि ९१ रुपैयाँ २७ पैसादेखि अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेन्ज तोकिनेछ।
Kathmandu — Beni Hydropower Project Limited has opened its Initial Public Offering (IPO) for the general public starting today. The company is issuing 863,200 ordinary shares at a face value of NPR 100 per share, totaling over NPR 86.32 million in this phase.
The current public offering consists of the remaining shares after successfully distributing quotas previously allocated to local residents of the project-affected areas, non-resident Nepalis (NRNs) working abroad, company employees, and mutual funds. Out of its total issued capital of NPR 1.04 billion, the company had received regulatory approval to issue 20 percent (2.08 million shares) in total.
General investors can apply for a minimum of 10 shares and up to a maximum of 10,000 shares. The application window is open until September 10, but if adequate subscriptions are not met, the deadline will be extended until September 21. Applications can be submitted through any C-ASBA member bank or financial institution authorized by the Securities Board of Nepal (SEBON), as well as via the online 'Mero Share' platform. NMB Capital Limited is managing the share issuance.
Operating the 19.8 MW Upper Solu Khola Hydropower Project in Solukhumbhu, the company estimates a total project cost of approximately NPR 3.85 billion. Financial reports up to mid-January indicate a retained earnings of over NPR 10.34 million and a net worth per share of NPR 91.27. ICRA Nepal has assigned the company an 'ICRA NP Issuer Rating Double B Plus', indicating moderate risk regarding the fulfillment of financial obligations. The proceeds from the IPO will primarily be used to pay off bank loans and improve the company's financial structure. Following its listing on the Nepal Stock Exchange (NEPSE), the initial trading range for the stock will be set between NPR 91.27 and NPR 273.81 based on its net worth.