काठमाडौँ — चाडपर्वको समयमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार भाउ समायोजन गर्नुपर्ने अवस्था रहे पनि निगम सञ्चालक समितिले साविककै दरलाई निरन्तरता दिएको हो ।
स्वचालित मूल्य प्रणालीले मूल्यवृद्धि गर्नुपर्ने देखाए तापनि पेट्रोल र डिजेलको भाउ स्थिर राख्दा निगमको वित्तीय भार भने बढ्ने भएको छ । नयाँ खरिद दरअनुसार बिक्री मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक अर्थात् १५ दिनको अवधिमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने देखिएको छ ।
निगमका अनुसार देशभरका डिपो तथा कार्यालयहरूबाट १५ किलोमिटर परिधिभित्र लागू हुने गरी विभिन्न वर्गमा पुरानै खुद्रा बिक्री मूल्य कायम गरिएको छ ।
KATHMANDU — With the aim of providing relief to general consumers during the festive season, Nepal Oil Corporation (NOC) has decided not to increase the retail selling prices of petroleum products. Despite a new purchase tariff received from the Indian Oil Corporation (IOC) warranting a price adjustment, the NOC board of directors opted to maintain the existing rates.
Although the automated pricing mechanism indicated a price hike, keeping petrol and diesel prices steady will increase the corporation's financial burden. Maintaining the current selling prices against the revised purchase rates is projected to cost the corporation Rs 1.6277 billion in losses over a fortnightly (15-day) period.
According to the corporation, the previous retail selling prices have been retained across different categories applicable within a 15-kilometer radius of its depots and offices nationwide.