हस्पिटल फर एडभान्सड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) को
वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३ साल श्रावण ०७ गते)
यस कम्पनीको मिति २०८३/०४/०५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय तथा कम्पनीको स्वीकृत नियमावलीको नियम १८ (३) बमोजिम २१ दिन अगावै शेयरधनीहरुलाई वार्षिक साधारण सभाको सूचना दिनुपर्ने व्यवस्था बमोजिम यस कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने तथा उक्त सभामा निम्न बमोजिमका प्रस्तावहरु छलफलको लागि प्रस्तुत हुने व्यहोरा सम्पूर्ण शेयरधनीहरुलाई जानकारीको निमित्त सूचित गरिन्छ ।
सभा हुने मिति, समय र स्थान
मिति :- २०८३ साल श्रावण २५ गते शुक्रबार (तदनुसार अगष्ट १५, २०२६)
स्थान :- स्मार्ट दरबार, धुम्बाराही, काठमाण्डौं
समय :- दिउँसो २:०० बजे ।
छलफलका विषय सूचीहरु :
क. सामान्य प्रस्तावहरु
- अध्यक्षज्यूको मन्तव्य तथा आर्थिक वर्ष (आ.व.) ०८२/०८३ को वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने ।
- आ.व. ०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- आ.व. ०८२/०८३ मा सञ्चालक समितिले पारित गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
ख. विशेष प्रस्तावहरु
- सर्वसाधारण समूहलाई प्राथमिक शेयर (IPO) निष्काशन सम्बन्धमा ।
- सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीको उपयोग सम्बन्धमा ।
- कम्पनीको प्रबन्धपत्र/नियमावली संशोधन गर्ने तथा सार्वजनिक शेयर निष्काशन सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्ने निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्चाउनको लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने ।
ग. विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव




