विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०३/०३ गते)
श्री आदरणीय शेयरधनी महानुभावहरु,
यस होटल इष्टर्न नेपाल लिमिटेडको सञ्चालक समितिको मिति २०८३/०३/०२ गते बसेको बैठकको निर्णय अनुसार यस कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरि निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि अनुरोध गरिन्छ।
सभा हुने मिति, समय र स्थान:
मिति : २०८३ असार १८ गते, बिहीबार ।
समय : बिहान १०:०० बजे ।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगंज, काठमाण्डौ ।
विशेष साधारण सभाका प्रस्तावहरु:
क) विशेष प्रस्तावहरु:
- सर्वसाधारणलाई IPO जारी गर्ने सम्बन्धमा ।
- कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
- कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धी सामान्य जानकारी:
- विशेष साधारण सभाको सूचना सम्बन्धी कागजातहरु शेयरधनी लगायत कायम रहेको ठेगानामा पठाइएको छ । कुनै कारणवश कुनै शेयरधनी महानुभावहरुले सूचना समयमै प्राप्त गर्न नसकेको भएमा कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरि प्राप्त गर्न सकिनेछ ।
- विशेष साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुलाई आफ्नो परिचय खुल्ने प्रमाण सहित उपस्थित हुन अनुरोध गरिन्छ । अन्यथा सभा कक्षमा प्रवेश गर्न पाइने छैन । सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभाको दिन सभा शुरु हुनु भन्दा अगावै उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका सभा शुरु हुनु भन्दा ३० मिनेट अगाडी देखि सभा सञ्चालन रहसम खुल्ला रहनेछ ।
- सभा सम्बन्धी थप जानकारीका लागि कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
- सभामा आफ्नो लिखित राय, सुझाव वा धारणा पेश गर्न चाहने शेयरधनी महानुभावहरुले त्यस्ता राय, सुझाव वा धारणा कम्पनीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्नु हुनेछ ।
नोट: विशेष साधारण सभा सम्बन्धी अन्य आवश्यक जानकारीका लागि कम्पनीको केन्द्रीय रजिष्टर्ड कार्यालय, का.म.न.पा. वडा नं. ३ महाराजगंज, काठमाण्डौमा वा फोन नं. ०१-४५४०४६५ मा सम्पर्क राख्न अनुरोध गरिन्छ ।




