शेयर बजारमा सर्किट ब्रेक कसरी लाग्छ ? नेपालमा के छ अभ्यास ?
Author
Dipesh Ghimire
शेयर बजारमा अत्याधिक उतार चढावबाट लगानीमा असर नपरोस भनेर सर्किट ब्रेकको व्यावस्था गरिएको हुन्छ । नेपाल पनि यो व्यावस्था लागु भएको छ । नेपालमा र अन्य देशमा सर्किट ब्रेकको व्यावस्था फरक हुने गरेको छ । यो व्यावस्था सकारात्मक र नकारात्मक दुबै किसिमको हुने गर्छ । नेपालको शेयर कारोबारको नियामक निकाय नेपाल स्टक एक्स्चेन्ज लिमिटेड नेप्सेले समेत बजार अत्याधिक बढ्दा र घट्दा सर्किट ब्रेक लगाउने व्यावस्था गरेको छ ।
नेप्सेले कुनै पनि कारोबार दिनमा बजार ओपन शुरु भएको पहिलो १ घण्टाभित्र इण्डेक्स ४ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किटलाग्ने गरेको छ । जुन सर्किट २० मिनेटका लागी लाग्ने ब्यावस्था नेपाली बजारमा छ । त्यस्तै, बजार खुलेको दोश्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लाग्छ । जुन सर्किट ४० मिनेटको हुन्छ । त्यसैगरी दोस्रो सर्किटपछि बजार थप १ प्रतिशतले घटी वा बढी ६ प्रतिशत पुग्यो भने सर्किट ब्रेक लाग्ने व्यवस्था छ । तेस्रो सर्किटलागे पछि बजार दिनभरिको लागी बन्द हुने व्यावस्था नेप्सेले गरेको छ ।।