हितग्राही खाताको वार्षिक संचालन शुल्क जम्मा गर्ने खाताको विवरण:
खाता रहेको बैंकको नाम: लक्ष्मी सन्राइज बैंक लिमिटेड
बैंक खाताको नाम: लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड
बैंकको खाता नम्बर: ००५११००१९६८
जम्मा गर्नेको विवरण: सम्बन्धित व्यक्तिको हितग्राही नम्बर र पूरा नाम
साथै वार्षिक संचालन शुल्क Fone Pay/QR Payment, Khalti, Connect IPS, IME Pay, e-Sewa तथा Meroshare Dashboard माध्यम मार्फत भुक्तानी गर्न सकिने व्यवस्था भएको हुँदा सो मार्फत भुक्तानी गर्नुहुन समेत अनुरोध गर्दछौं । यसको अलवा लक्ष्मी सन्राइज बैंक लिमिटेडको Laxmi Sunrise Mobile Money (Payments> Quick Payments> Laxmi Sunrise Capital) मा गई वा माथि उल्लेखित बैंक खाता तथा डिजिटल Pay मार्फत समेत भुक्तानी गर्न सकिने जानकारी गराउँदछौं ।
नोट: साथै, MERO SHARE सेवा लिइरहनु भएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्ने र सो समयावधिभित्र नविकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने भएको हुँदा हितग्राही खाताको वार्षिक संचालन शुल्क नविकरण गर्ने समयमा नै उक्त सेवाको समेत नविकरण गर्न सकिने व्यहोरा जानकारी गराइन्छ । हितग्राही खाताको वार्षिक संचालन शुल्क नविकरण गर्न बाँकी रहेका हितग्राहीहरुले MERO SHARE सेवा मात्र नविकरण गर्नुभएको अवस्थामा MERO SHARE सेवा पनि २०८३/०४/१५ गतेदेखि रोक्का हुने भएकोले समयमा नै हितग्राही खाताको वार्षिक संचालन शुल्क तथा MERO SHARE सेवा शुल्क भुक्तानी गर्नु हुन अनुरोध गरिन्छ ।
हितग्राहीहरुको सुविधाको लागि वार्षिक संचालन शुल्कका प्याकेजहरु (AMC Packages) पनि उपलब्ध रहेको हुँदा उक्त सुविधाको थप जानकारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ ।
पुनश्च:
१. यस कम्पनीको बैंक खातामा शुल्क जम्मा गर्दा हितग्राही खातावालाको नाम, थर, हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । सो विवरण पुरा नभई वा फरक परेमा सो को जिम्मेवार हितग्राही स्वयं हुनुहुनेछ ।
२. KYC अद्यावधिक गर्न बाँकी सम्पूर्ण हितग्राहीहरुलाई यस लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड तथा लक्ष्मी सन्राइज बैंक लिमिटेडका शाखा कार्यालयहरुमा सम्पर्क राखि यथाशिघ्र KYC अद्यावधिक गर्नु हुन अनुरोध गर्दछौं ।
नोट: सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मिति २०८३ साल जेठ २२ गते प्रकाशित सूचना अनुसार नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा समावेश गर्नुपर्ने जानकारी गराउँदछौं ।



