
1 min read
Latest News
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनीMonsoon Impact Across the Country: Rain in Hilly Areas, Storm Warning in Some Places
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
सोमबार देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने देखिन्छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू-भागमा भने आंशिक बदली हुनेछ।
देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा वर्षा हुने देखिन्छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Kathmandu. The monsoon is currently affecting the entire country. According to the Meteorological Forecasting Division, the monsoon low-pressure line is located south of the eastern part of Nepal and near the western part of the country.
Currently, there is a general change in the weather in the provinces of Koshi, Bagmati, Gandaki, Lumbini, Karnali, and Sudurpaschim. There is a partial change in the Madhes province. There is moderate rain with thunder and lightning in some places in the provinces of Koshi, Bagmati, Gandaki, and Lumbini.
On Sunday, there will be a general change in the weather in the country's mountainous and hilly regions. The Meteorological Forecasting Division has stated that there will be a general change in the weather in the Tarai regions of the provinces of Gandaki, Lumbini, and Sudurpaschim. However, there will be a partial change in the Tarai regions of the provinces of Koshi, Madhes, and Bagmati.
There is a possibility of light to moderate rain with thunder and lightning, as well as snowfall, in some places in the country's mountainous and hilly regions. There is a possibility of rain in some places in the Tarai regions of the provinces of Bagmati, Gandaki, Lumbini, and Sudurpaschim. There is a possibility of moderate rain with thunder and lightning in one or two places in the Tarai region of the Koshi province and the Madhes province. The Meteorological Forecasting Division has stated that there is a possibility of storms in some places in the Tarai regions of the provinces of Madhes, Koshi, and Bagmati.




