सर्वसाधारणका लागि दरखास्त फाराम प्राप्त गर्ने र दरखास्त बुझाउने स्थानहरु:
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" अनलाइन प्रयोग गरि सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
साधारण शेयरको बिक्री खुल्ला अवधि:
निष्काशन खुल्ला मिति : २०८३/०३/०३
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०३/०८ (बैंकिङ्ग समय पश्चात)
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०३/१७ (बैंकिङ्ग समय पश्चात)
संक्षिप्त वित्तीय विवरण:
विवरण वास्तविक अपरिष्कृत प्रक्षेपित
आ.व. २०७०/७१ आ.व. २०७१/७२ आ.व. २०७२/७३ २०७२ पौष मसान्त आ.व. २०७२/७३ आ.व. २०७३/७४ आ.व. २०७४/७५
| संचित मुनाफा (रु. हजारमा) | (२८,४३६) | ४१,५१९ | ४१,२०० | ८४,१२० | ११२,४४४ | १३२,१२२ | २२२,५८९ |
| प्रति शेयर नेटवर्थ (रु.) | ९५.२६ | १०१.९१ | १०६.८४ | ११३.९७ | ११४.८९ | ११७.८२ | ११९.७८ |
| प्रति शेयर आम्दानी (रु.) | (०.०७) | ०.१३ | ५.९३ | ११.९३ | १४.५८ | १३.९८ | २२.९६ |
आ.व. २०७०/७१ को वित्तीय विवरण एनएफआरएस बमोजिम तयार गरिएकोले आ.व. २०७०/७१ र २०७१/७२ को वित्तीय विवरण लेखापरीक्षण भएको सम्बन्धित आ.व. सँगको विवरण भन्दा फरक पर्न गएको कारण नेपाल धितोपत्र बोर्ड मार्फत स्वीकृत विवरण पत्रको दफा ५.१ (पृष्ठ नं २५) मा उल्लेख गरिएको ।
आयोजनाको नाम : दुधकुण्ड खोला जलविद्युत आयोजना
आयोजनाको कुल लागत : रु. २,३६,९३,२०,०४२/- (Interest during construction (IDC) सहित)
प्रति मेगावाट लागत : आयोजनाको प्रति मेगावाट लागत रु. १९,७४,४३,३३६/-
विद्युत उत्पादन क्षमता : १२ मेगावाट
साधारण लगानी फिर्ता हुने अवधि : ८.४० वर्ष
डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि : ८.९४ वर्ष
विद्युत उत्पादन अनुमतिपत्रको बाँकी अवधि : अनुमतिपत्र बहाल रहने अवधि मिति २०७६/०८/१८ देखि २१११/००/०१ सम्म रहेकोले २८ वर्ष ९ महिना बाँकी रहेको छ ।
क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :
यस विवरणपत्र मार्फत निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको रेटिङ्ग गराउनु पर्ने भएकोले "क्रेडिट रेटिङ्ग नियमावली, २०६८" को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस नेपाल लिमिटेड, काठमाडौंले मिति २०७२/०९/०८ को प्राप्त पत्र अनुसार "CARE-NP BB+ (Is) [Double B Plus (Issuer)]" को प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्न सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) मानिन्छ । केयर रेटिङ्गस नेपाल लिमिटेडले "CARE-NP AAA (Is)" र "CARE-NP D (Is)" सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा "CARE-NP AAA (Is)" ले बलियो आधार जनाउँदछ भने "CARE-NP D (Is)" ले कमजोर आधार जनाउँदछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा - (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ ।
रेटिङ्ग प्राप्त गरेको मिति : २०७२/०९/०८ (सन् २०१५, डिसेम्बर २३)
बहाल रहने मिति : २०८३/१०/२४ (सन् २०१७, फेब्रुअरी ०७)
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको विवरणपत्र पढी आफ्नो स्वेच्छाले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।




