
1 min read
Latest News
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँटMount Everest Power Development's IPO Allotment
काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
सो निष्काशनमा २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार १० : ०२ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
Kathmandu. Mount Everest Power Development's IPO allotment has been completed. The allotment was done at the office of NIMBES Capital, the share issuer and sales manager of the company, this morning.
The allotment was done through a lottery system due to the high number of applications received. As a result, 142,760 people have received 10 units of the company's shares each.
A total of 28,62,909 people had applied for 3,65,54,430 units of shares in the IPO. Out of these, 28,15,679 applications were accepted, while the rest were rejected.
The company had issued 14,27,600 units of shares with a face value of Rs 100 each to the general public from 3rd to 8th of Ashar. The total value of the shares issued was Rs 14.27 crore.
Published on: 19th Ashar, 2083, Friday, 10:02 am
You can follow us on Facebook, X, and YouTube for regular updates on the economy and stock market.




