NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Index Drops Below 2500 After Three Days of Decline; Major Brokers Continue Buying Am...
    ३ दिनको गिरावटपछि नेप्से २५ सयको रेखामा, ठूला ब्रोकर निरन्तर खरिदमै
    Top
    2 min read
    Published on January 13, 2025
    Dipesh Ghimire

    ३ दिनको गिरावटपछि नेप्से २५ सयको रेखामा, ठूला ब्रोकर निरन्तर खरिदमैNEPSE Index Drops Below 2500 After Three Days of Decline; Major Brokers Continue Buying Amid ‘Change of Character’ Signal in the Market

    नेप्से सूचक सोमबार पनि ओरालो लाग्दै १५.५४ अंकले घटेर २५९४.१३ अंकमा झरेको छ। तर, कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर ६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। लगातार ३ दिनको गिरावटपछि नेप्से २५ सयको मनोवैज्ञानिक रेखामुनि झरेको छ, जसले लगानीकर्ताहरूमा अन्योलता र शंका पैदा गरेको छ।

    सोमबार ३२२ कम्पनीका १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी २५ करोड रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो। दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र हिमालयन पावर पार्टनर परेका छन्।

    पुस महिनाको अन्तिम दिन बजारमा दबाब महसुस गरिएको छ। ठूला र मध्यमस्तरका लगानीकर्ताहरूले कर्जाको साँवा–ब्याज, कर तिर्ने, र आफ्नो हिसाबकिताब मिलाउने काममा व्यस्त हुँदा बजारमा विक्री दबाब देखिएको विश्लेषण गरिएको छ। अल्पकालीन व्यापारीहरूले (ट्रेडरहरू) मुनाफा बुक गर्न थालेका कारण बजार ओरालो लागेको हो।

    बैंकहरूले पुस महिनाको ब्याजदरलाई माघ महिनामा पनि निरन्तरता दिने निर्णय गरेका छन्। यसले ब्याजदर थप बढ्ने अवस्था नरहेको संकेत गरे पनि दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा अनुपात (एनपीए) बढ्न सक्ने त्रासका कारण लगानीकर्ताहरूमा असन्तोष देखिएको छ।

    तर, बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र ब्याजदर घट्दो क्रममा रहेकोले बजारले आगामी दिनमा सुधार गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ। सेयर धितो कर्जामा २०% को वृद्धि भएकाले लगानीकर्ताहरूको बजारप्रतिको विश्वास अझै कायम रहेको देखिन्छ।

    नेप्से सूचकले हाल २५५६ को महत्त्वपूर्ण सपोर्ट र २६४७ को रेसिस्टेन्स स्तरमा संघर्ष गरिरहेको छ। पछिल्ला महिना बजारले ‘लोअर हाई’ (LH) र ‘लोअर लो’ (LL) बनाउँदै आएको थियो। तर, केही समयअघि बजारले ‘चेन्ज अफ क्यारेक्टर’ (CHoCH) को संकेत देखाएको थियो।

    यदि बजारले २६४७ अंकमाथि तोड्न सक्यो भने लगानीकर्ताहरूले खरिदको अवसरका रूपमा लिन सक्ने प्राविधिक विश्लेषकहरूको सुझाव छ। यस्तो अवस्थामा बजार क्रमशः २७०० र २८०० अंकसम्म पुग्न सक्ने सम्भावना रहेको छ। तर, यदि बजार २५५६ अंकको सपोर्ट तोड्न असफल रह्यो भने, थप गिरावटको जोखिम रहन्छ।

    बजारमा दोहोरो अंकको गिरावट देखिए पनि ठूला ब्रोकरहरूले खरिदलाई निरन्तरता दिएका छन्। यसले ठूला लगानीकर्ताहरूले पुनः बजारमा प्रवेश गर्न थालेको संकेत गर्दछ।

    • ब्रोकर ५८ ले ४४ करोड ३३ लाखको सेयर खरिद गर्दा २७ करोड ४६ लाखको विक्री गरेको छ।

    • ब्रोकर ४ ले ३७ करोड ३६ लाखको खरिद गर्दा १७ करोड २५ लाखको विक्री गरेको छ।

    • ब्रोकर २८ ले २३ करोड ७२ लाखको खरिद गर्दा २२ करोड ८० लाखको विक्री गरेको छ।

    बजार लामो समयदेखि साइडवेजमा घुमिरहेको छ। आगामी दिनमा दोस्रो त्रैमासका वित्तीय विवरणले बजारको गति निर्धारण गर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूले लगानीकर्ताहरूलाई सबल वित्तीय सूचक भएका कम्पनीहरू छान्न र योजनाबद्ध रूपमा लगानी गर्न सुझाव दिएका छन्।

    मंगलबारको बजारको प्रतिक्रिया र प्राविधिक चार्टहरूले बजारको आगामी दिशा स्पष्ट पार्नेछन्। हाल लगानीकर्ताहरूले धैर्य अपनाउँदै बजार सुधारको प्रतीक्षा गर्नु उपयुक्त हुनेछ।

    The NEPSE index declined further on Monday, dropping by 15.54 points to settle at 2594.13. Despite the fall, trading volume increased compared to the previous day, reaching over NPR 6.65 billion. This marks the third consecutive day of decline, pushing the index below the critical psychological level of 2500, raising uncertainty and doubt among investors.

    On Monday, 322 companies saw a total of over 13.8 million shares traded. NRN Infrastructure and Development Company led the market with a turnover of NPR 250 million, followed by Nyadi Hydropower and Himalayan Power Partner in the second and third positions, respectively.

    The last day of the Nepali month of Poush created selling pressure in the market. Large and mid-level investors were engaged in settling loan interest, principal repayments, and taxes, leading to reduced trading activity. The trend of profit booking by short-term traders has also been observed, contributing to the selling pressure.

    Banks have decided to maintain the same interest rates for Magh as in Poush, signaling no imminent rise in rates. However, concerns about deteriorating non-performing loans (NPLs) in the second quarter of the fiscal year have caused anxiety among investors.

    Despite sufficient liquidity in the banking system and falling interest rates, which suggest a positive outlook for the market, these concerns have cast a shadow on investor sentiment. Share collateral loans have increased by 20% in the past year, indicating continued trust in the stock market by some investors.

    The NEPSE index breaking below the 2600 psychological level has caused analysts to advise investors to wait for further signs of recovery. While the correction from 3000 levels after a sharp rally is considered normal, the ongoing sideways movement between 2400 and 2700 suggests a period of consolidation. Analysts believe the market may soon signal a bullish run based on its cyclical patterns.

    Technical analysis reveals the NEPSE index is currently battling critical support at 2556 and resistance at 2647. The index has been forming ‘Lower Highs’ (LH) and ‘Lower Lows’ (LL) in recent months but recently hinted at a ‘Change of Character’ (CHoCH) before showing further weakness.

    If the index breaks above 2647, analysts recommend it as a buying opportunity, with potential targets of 2700 and 2800. However, a break below 2556 could indicate further downside risk, with the index potentially heading toward 2440.

    Despite the market's decline, major brokers have continued buying, signaling that large investors may be re-entering the market. Broker 58 purchased shares worth NPR 443.38 million while selling shares worth NPR 274.6 million. Similarly, Broker 4 bought shares worth NPR 373.6 million and sold shares worth NPR 172.5 million. Broker 28 followed with purchases of NPR 237.2 million and sales of NPR 228 million.

    Although the market remains in a consolidation phase, the upcoming second-quarter financial reports of listed companies are expected to play a crucial role in determining its next direction. Analysts suggest that general investors focus on fundamentally strong companies with good dividend potential and invest strategically to minimize risk.

    The market's reaction to Tuesday's trading session and the technical chart will provide further clues on whether the market will continue its downtrend or recover from current levels.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026