यस बैंकका तपसिल बमोजिमका संस्थापक शेयरधनीले आफ्नो नाममा कायम संस्थापक शेयर बिक्री गर्ने इच्छा गरी आवश्यक बन्दोबस्त गरिदिन निवेदन गरेकाले संस्थापक शेयर खरिद/बिक्री गर्दा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले प्रस्तावित संस्थापक शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। प्रस्तावित शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको Fit & Proper Test को मापदण्ड पुरा हुने आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा शेयर खरिदका लागि निवेदन दिनुहुन सूचित गरिन्छ। उक्त म्यादभित्र प्रस्तावित शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीहरुले निवेदन नदिएमा विद्यमान संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति/संस्थालाई शेयर बिक्री गर्ने सम्बन्धमा आवश्यक कारवाही अघि बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ।
तपसिल
क्र.सं. संस्थापक शेयरधनीको नाम, थर बिक्री गर्न चाहेको शेयर संख्या
- श्री प्रभु गुरुङ ३४,०००
- श्री चित्र राज पाण्डे ७,६१३
- श्री पद्मोदय इन्भेष्टमेन्ट प्रा. लि. २,७२,१२२
- श्री रामेश्वर सिंह सिजापती १,३७,८०२
- श्री सुचित्रा सिजापती ६,२३,६१६
- श्री अशोक कुमार खड्का १,४०,२८७
- श्री बिनोद सरातानी ७९,४८८
- श्री नवरतन मल चिण्डालिया ८,५३१
- श्री सुशील प्रसाद शर्मा ३४,५८५
- श्री दिपेन्द्र अधिकारी २२,९१०
- श्री कपिल रावल ३,५०८
- श्री ज्ञान काजी शाक्य ३,००९
- श्री राजन कुमार श्रेष्ठ ५,२४७




