प्राइम कमर्सियल बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको “६.२५% प्राइम बैंक डिबेन्चर २०८३” नामक प्रति ऋणपत्र अंकित मूल्य रु.१,०००/- दरका कुल ३०,००,००० कित्ता ऋणपत्र मध्ये व्यक्तिगत तवर (Private Placement) बाट १८,००,००० कित्ता तथा सर्वसाधारणमा १२,००,००० कित्ता ऋणपत्र (५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको समेत) आज मिति २०८३/०३/१६ गते मंगलबार देखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि अनुरोध गर्दछौं।
दरखास्त दिन सकिने न्यूनतम ऋणपत्र : २५ कित्ता
दरखास्त दिन सकिने अधिकतम ऋणपत्र : सम्पूर्ण कित्ता
दरखास्तसाथ एकमुष्ठ रु.१,०००/- प्रति ऋणपत्रका दरले भुक्तानी माग गरिएको
दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान :
सि.नं.
१. सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ।
२. व्यक्तिगत तवर (Private Placement) बाट संगठित संस्थाहरुलाई बिक्री गरिने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशनकर्ता कम्पनीको आपसी सहमतिमा खरिदकर्ताहरु खोजी गरी बिक्री वितरण गरिनेछ।
ऋणपत्रको बिक्री खुल्ला अवधि:
निष्काशन खुल्ला मिति : २०८३/०३/१६ गतेदेखि
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०३/१९ गतेसम्म (बैंकिङ्ग समय पश्चात)
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०३/३० गतेसम्म (बैंकिङ्ग समय पश्चात)
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी दरखास्त दिनुहुन अनुरोध गरिन्छ।



