लगानीकर्ताहरुको लागि छुट्याईएको (Lock-In) अवधि समाप्त हुने सम्बन्धी जरुरी सूचना
नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २४ (ग) उपनियम ४ बमोजिम, यस रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको रु. १ (एक) अर्ब नब्बे करोड (१,९०,००,००,०००) को १०.१४ प्रतिशतले हुन आउने कूल १,९०,६४० (एक लाख नब्बे हजार छ सय चालीस) कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई छुट्याईएको शेयरको लक-ईन (LOCK-IN) अवधि सुचिकरण भएको मिति २०७७ साल चैत्र ३१ गतेसम्म रहेको छ । उक्त शेयरको लक-ईन (LOCK-IN) अवधि समाप्त भएकोले सम्बन्धित नियामक निकायहरु तथा सम्पूर्ण लगानीकर्ता एवं सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शेयर रजिष्ट्रार
ग्लोबल आइएमई क्यापिटल लिमिटेड
डिल्लीबजार, वडा नं. १, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौं ।
फोन नं.: ९७७-०१-५९७१३८ फ्याक्स नं.: ९७७-०१-४५४५७०२




