आर.के.डी होल्डिंग्स लिमिटेड
दर्ता नं. १५१७२७/०७२/०७३
(प्रथम पटक सूचना प्रकाशन मिति: २०८३/०३/०३)
श्री आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०२/२८ गते बिहान ९ बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको आ.व. २०८१/०८२ को नवौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा निम्नलिखित प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नको लागि बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, समय र स्थान
मिति:- २०८३ साल असार महिना २८ गते आईतबार (तदनुसार १२ जुन २०२६)।
समय: बिहान ९ बजे ।
स्थान: बन्दीपुर केवलकार प्राङ्गण (बटम स्टेशन), केबलकार चोक, बन्दीपुर ०४, तनहुँ ।
२. छलफलका विषयहरु:
क. सामान्य प्रस्ताव:
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु सहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- संचालक समितिको निर्वाचन गरी संचालक समिति गठन गर्ने सम्बन्धमा ।
- संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१/०८२ को कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृत गर्ने सम्बन्धमा ।
ख. विशेष प्रस्ताव:
- कम्पनीको आठौं वार्षिक साधारण सभाबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने सम्बन्धमा पारित विशेष प्रस्ताव तथा निर्णयलाई अविच्छिन्न रुपमा ग्रहण गरी नियामक निकायसँग स्वीकृतिका लागि पेश गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
- संचालक समितिको निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
- प्रिमियम मूल्यमा शेयर जारी गर्ने सम्बन्धमा ।
- संचालकको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा ।
- लगानी सम्बन्धमा ।
- सहायक एवं सम्बद्ध कम्पनीहरुमा रहेको शेयर लगानी बिक्री गर्ने सम्बन्धमा ।
ग. विविध (अध्यक्षको अनुमतिमा) ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव




