सानिमा इक्विटी फण्ड-२ को इकाई बाँडफाँड र थप इकाई स्वीकृतिको जानकारीSanima Equity Fund-II Unit Allotment and Additional Unit Approval Information
- वर्ग:
- Mutual Fund
- प्रकाशित मिति:
- Published on June 17, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
Sanima Mutual Fund अन्तर्गत सञ्चालन हुने
सानिमा इक्विटी फण्ड-२ (Sanima Equity Fund-II)
को
इकाईको बाँडफाँड सम्बन्धी सूचना
सानिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सानिमा बैंक लिमिटेड कोष प्रवर्तक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्ष अवधि भएको “सानिमा इक्विटी फण्ड-२” नामक बन्दमुखी योजनाको प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १०,००,००,००० (दश करोड) इकाई सार्वजनिक निष्काशन गरिएकोमा माग भन्दा अधिक इकाई खरिदको लागि आवेदन प्राप्त भएकोले सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १५(४) बमोजिम कुल निष्काशन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरि बाँडफाँड गर्न सकिने प्रावधान बमोजिम कोष प्रवर्तक तथा योजना व्यवस्थापकद्वारा अधिक माग बराबरको इकाईमा बीज पूँजी लगानीको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको प्रकृयामा रहेको व्यहोरा जानकारी गराउँदछौं । सो स्वीकृति पश्चात उक्त इकाईहरुको बाँडफाँड गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।
Registered with Nepal Securities Board as per Securities Act, 2063 and Collective Investment Fund Regulations, 2067.
Operated under Sanima Mutual Fund
Sanima Equity Fund-II
Notice regarding Unit Allotment
Under the issue and sales management of Sanima Capital Limited, with Sanima Bank Limited as the fund promoter and Sanima Capital Limited as the scheme manager, this notice informs that the "Sanima Equity Fund-II" closed-end scheme, with a १०-year maturity period and a face value of Rs. १०/- per unit, had its public issue of १०,००,००,००० (Ten Crore) units oversubscribed. As per the provision of Section १५(४) of the Collective Investment Fund Directive, २०६९, which allows for the allotment of up to २५ percent additional units beyond the total issued units, the fund promoter and scheme manager have applied to the Nepal Securities Board for approval to invest seed capital in units equivalent to the oversubscribed amount. We hereby inform that the process is currently awaiting approval from the Nepal Securities Board, and the allotment of these units will be done after receiving said approval.




