साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेड
केन्द्रीय कार्यालय, काठमाडौँ । फोन नं.: ०१-५७०५६०८
नवौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री शेयरधनी महानुभावहरु,
कम्पनीको संचालक समितिको मिति २०८३/०४/१५ मा सम्पन्न बैठकको निर्णय बमोजिम कम्पनीको नवौँ वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा तपसिलका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनीहरुका समुपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय :
मिति : २०८३/०५/०९ गते मंगलबार (तदनुसार अगस्ट २५, २०२६)
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगंज, काठमाडौँ ।
समय : बिहान १०:०० बजे ।
छलफलका लागि प्रस्तावित विषयहरु :
(क) सामान्य प्रस्तावहरु :
१) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने ।
३) आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।
४) संचालक समितीबाट प्रस्ताव गरे बमोजिम कम्पनीको आ.व. २०८२/०८३ को मुनाफाबाट हाल कायम रहेको चुक्ता शेयरपूँजीको ५.०० प्रतिशत नगद लाभांश (नगड लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।
५) संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने ।
६) संस्थागत सुशासन सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु:
१) कम्पनीको आठौँ वार्षिक साधारण सभाको निर्णय र विद्युत नियमन आयोगबाट प्राप्त स्वीकृती बमोजिम शेयरको प्रारम्भिक सार्वजनिक (IPO) निष्कासनलाई निरन्तरता दिने र शेयर निष्काशन सम्बन्धमा गर्नुपर्ने आवश्यक परीमार्जन गरी धितोपत्र बोर्डमा दर्ता गर्ने ।
२) सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीको उपयोग सम्बन्धमा ।
३) कम्पनीको प्रबन्धपत्र/नियमावली संशोधन गर्ने तथा सार्वजनिक शेयर निष्काशन सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्ने निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने ।
४) कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने ।
(ग) विविध
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव




