श्री शेयरधनी महानुभावहरु,
यस वित्तीय संस्थाको मिति २०८३/०३/०८ गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको नवौं वार्षिक साधारण सभा निम्नलिखित मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, समय र स्थान
मिति: २०८३/०३/३० गते मंगलवार, तदनुसार १४ जुलाई, २०२६
समय: बिहान ११:०० बजे
स्थान: स्वाभिमान लघुवित्त वित्तीय संस्था लि. को केन्द्रीय कार्यालय, तिलोत्तमा ५, रुपन्देही।
छलफलको विषय सूची :
क. सामान्य प्रस्ताव:
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
(२) लेखापरीक्षण प्रतिवेदन सहितको २०८२, आषाढ मसान्तको वासलात, आ.व. २०८१/०८२को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने।
(३) आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने।
(४) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने।
(५) संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने।
ख. विशेष प्रस्ताव:
(१) अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न/गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।
(२) नियमनकारी निकायबाट कुनै निर्णय उपर फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने।
ग. विविध।
साधारण सभाको सन्दर्भमा शेयरधनी दर्ता किताब बन्द रहने सूचना:
मिति २०८३/०३/२२ गते वित्तीय संस्थाको दर्ता किताब बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०३/१९ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र मतदान गर्न सक्नेछन्।
साधारण सभा सम्बन्धी सामान्य जानकारी:
- साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरु आफ्नो हितग्राही खाता नं. (DMAT) तथा परिचय खुल्ने फोटो सहितको कुनै प्रमाणपत्र अनिवार्य रुपमा साथमा लिई सभामा भाग लिन आउनु हुन अनुरोध छ । संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संस्थाको आधिकारिक पत्र पेश गर्नुपर्नेछ।
- वार्षिक साधारण सभा सम्बन्धी/संचालक समितिको प्रतिवेदन समेतको कागजातहरु निरीक्षण गर्न तथा प्रतिलिपि आवश्यक भएमा कार्यालय समय भित्र संस्थाको केन्द्रीय कार्यालय, तिलोत्तमा ५, रुपन्देही वा संस्थाको Website: www.swabhimaanlaghubitta.com.np बाट प्राप्त गर्न सकिने छ।
- साधारण सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रोक्सी फाराम कम्पनीको केन्द्रीय कार्यालय, तिलोत्तमा ५, रुपन्देहीमा साधारण सभा हुने भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गरिसक्नु पर्नेछ । यसरी प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी अर्को मुकरर गर्न भएमा सभा हुने भन्दा कम्तीमा २४ घण्टा अगावै सोको लिखित सूचना सोही अवधिभित्र संस्थाको केन्द्रीय कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत संस्थाको शेयरधनी हुनु पर्नेछ।
- प्रतिनिधि नियुक्त गरिसक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु भएमा प्रोक्सी दिई सकेको भएपनि त्यस्तो प्रोक्सी बदर हुनेछ।
- नाबालक वा फरक किसिमले सक्षम शेयरधनीहरुज्यूका तर्फबाट संस्थाको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भागलिन वा प्रतिनिधि तोक्न पाउनेछन्।
- शेयरधनीमहानुभावहरुबाट व्यक्त गरिएका प्रश्न, जिज्ञासा वा मन्तव्यहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट अध्यक्ष वा निजबाट अनुमति प्राप्त व्यक्तिले जवाफ दिन सक्नेछन्।
- संचालकको निर्वाचन सम्बन्धी विस्तृत जानकारीको लागि वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, तिलोत्तमा- ५, रुपन्देहीमा सम्पर्क राख्न सकिनेछ।
- यस वित्तीय संस्थाको संचालकको उम्मेदवार हुनका लागि संस्थाको नियमावलीमा उल्लेख भए बमोजिम न्यूनतम १०० कित्ता शेयर धारण गरेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बमोजिम योग्य भएको हुनु पर्नेछ । संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना संचालकहरुको निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले संस्थाको केन्द्रीय कार्यालयमा सूचना प्रकाशन गरे बमोजिम हुनेछ।
- शेयरधनीमहानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा हुने दिन बिहान १०:०० बजे देखि खुल्ला रहनेछ।
- अन्य थप जानकारीका लागि संस्थाको केन्द्रीय कार्यालय, तिलोत्तमा ५, रुपन्देहीमा सम्पर्क गर्नुहुन अनुरोध छ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव




