हितग्राही खाताको वार्षिक संचालन शुल्क जम्मा गर्ने खाताको विवरण:
बैंकको नाम: लक्ष्मी सनराईज बैंक लिमिटेड, हात्तिसार, काठमाण्डौ
बैंकको खाता नम्बर: ००५११००१९६८
जम्मा गर्नेको विवरण: सम्बन्धित व्यक्तिको हितग्राही नम्बर र पुरा नाम
साथै वार्षिक संचालन शुल्क Fone Pay/QR Payment, Khalti, Connect IPS, Prabhu Pay, IME Pay, e-Sewa तथा Meroshare Dashboard माध्यम मार्फत भुक्तानी गर्न सकिने व्यवस्था भएको हुँदा सो मार्फत भुक्तानी गर्न समेत अनुरोध गर्दछौं। यसको अलवा लक्ष्मी सनराईज बैंक लिमिटेडको Laxmi Sunrise Mobile Money (Payments> Quick Payments> Laxmi Sunrise Capital) मा गई वा माथि उल्लेखित बैंक खाता तथा डिजिटल Pay मार्फत समेत भुक्तानी गर्न सकिने जानकारी गराउँदछौं।
नोट: साथै, MERO SHARE सेवा लिइरहनु भएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्ने र सो समयावधिभित्र नविकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने भएको हुँदा हितग्राही खाताको वार्षिक संचालन शुल्क नविकरण गर्ने समयमा नै उक्त सेवाको समेत नविकरण गर्न सक्नु हुने व्यहोरा जानकारी गराउँदछौं। हितग्राही खाताको वार्षिक संचालन शुल्क नविकरण गर्न बाँकी रहेका हितग्राहीहरुले MERO SHARE सेवा मात्र नविकरण गराउनुभएको अवस्थामा MERO SHARE सेवा पनि मिति २०८३/०४/१५ गतेदेखि रोक्का हुने भएकोले समयमा नै हितग्राही खाताको वार्षिक संचालन शुल्क तथा MERO SHARE सेवा शुल्क भुक्तानी गर्नु हुन अनुरोध गरिन्छ।
हितग्राहीहरुको सुविधाको लागि वार्षिक संचालन शुल्कका प्याकेजहरु (AMC Packages) पनि उपलब्ध रहेको हुँदा उक्त सुविधाको थप जानकारी लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ।
पुनश्च:




