NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 3 years imprisonment and fine up to 3 crores for insider trading
    इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना
    Investor
    1 min read
    Published on August 18, 2024
    NEPSE trading

    इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना 3 years imprisonment and fine up to 3 crores for insider trading

    नेपाल धितोपत्र बोर्डको अधिकार क्षेत्रलाई थप विस्तार गर्दै बैंकिङ कारोबारको अनुसन्धान गर्ने प्रस्ताव गरिएको धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन विधेयक संघीय संसदमा दर्ता भएको छ। यो प्रस्तावले धितोपत्र बोर्डलाई वित्तीय कारोबारको अनुसन्धानमा सशक्त बनाउन र पुँजी बजारको सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    विधेयकका मुख्य बुँदाहरू:

    1. बैंकिङ कारोबारको अनुसन्धान:

      • धितोपत्र बोर्डले कुनै पनि व्यक्ति, कम्पनी वा संस्थाले गरेको धितोपत्र सम्बन्धी कारोबारको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकलाई आवश्यक अभिलेख उपलब्ध गराउन अनुरोध गर्न सक्नेछ।

      • अनुसन्धान प्रक्रियामा गोप्यता कायम राख्न र नियमनकारी निकायहरूको सहजीकरणको लागि व्यवस्था गरिएको छ।

    2. धितोपत्र बोर्डको निर्देशन:

      • धितोपत्र बोर्डले सरकारको नीति निर्देशन, पुँजी बजारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी, धितोपत्र बजार, व्यवसायी र दर्ता गराउने संस्थालाई आवश्यक निर्देशन वा आदेश दिन सक्नेछ।

      • निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा बोर्डले धितोपत्र दर्ता खारेज गर्ने वा अनुमतिपत्र खारेज गर्ने अधिकार पाउनेछ।

    3. इन्साइडर ट्रेडिङको कडा सजाय:

      • इन्साइडर ट्रेडिङमा संलग्न भएको ठहरेमा ३ वर्षसम्म कैद र ३ करोड रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ।

      • झुट्टा कारोबार, मूल्य उतारचढाव, वा धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यमा पनि कडा सजायको व्यवस्था गरिएको छ।

    4. झुक्याउने विवरण र जालसाजीविरुद्धको कारबाही:

      • झुक्याउने विवरण दिने वा जालसाजीयुक्त कारोबारमा संलग्न भएमा ३ वर्षसम्म कैद र ५० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

      • लिखित विवरण वा अभिलेख नष्ट गर्ने वा लुकाउने कार्यमा संलग्न भएमा पनि कडा कारबाही हुने प्रावधान राखिएको छ।

    5. नियम उल्लंघनको कारबाही:

      • ऐन अन्तर्गत बनेका नियम वा निर्देशनको उल्लंघन गरी संगठित संस्था वा धितोपत्र बजारलाई हानि पुर्‍याएमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

      • वास्तविक हानि नोक्सानी भएमा त्यसको क्षतिपूर्ति भराई दिन सकिने व्यवस्था पनि गरिएको छ।

    6. अनुमति नलिई कारोबार गरेमा कारबाही:

      • धितोपत्र कारोबार, केन्द्रीय निक्षेप सेवा, वा विशिष्टीकृत लगानी कोष सञ्चालन बिना अनुमति गरेमा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

    धितोपत्र बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन तथा लगानीकर्ताको हितलाई सुरक्षित गर्न यो संशोधन विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    A proposed amendment bill to the Securities Act, 2063 (2006) has been registered in the Federal Parliament, aiming to extend the jurisdiction of the Securities Board of Nepal and enable it to investigate banking transactions. The proposed amendment is expected to strengthen the Securities Board's role in financial transactions and contribute to the improvement of the capital market.

    Key Points of the Bill:

    1. Investigation of Banking Transactions:

      • The Securities Board will be able to request the Nepal Rastra Bank to provide necessary records for investigating any securities-related transactions conducted by individuals, companies, or institutions.

      • Provisions have been made to maintain confidentiality during the investigation process and facilitate coordination among regulatory bodies.

    2. Securities Board Directives:

      • The Securities Board will have the authority to issue necessary directives or orders to securities markets, businesses, and registration institutions, taking into account government policy directions, the state of the capital market, and investor interests.

      • Based on inspection and audit reports, the Board will have the power to cancel securities registration or revoking licenses.

    3. Severe Penalties for Insider Trading:

      • The bill proposes penalties of up to 3 years of imprisonment and fines up to 30 million Nepali Rupees for involvement in insider trading, or both penalties.

      • Strict penalties are also proposed for false transactions, price manipulation, or actions affecting the securities market.

    4. Action Against Fraudulent Details and Forgery:

      • Individuals involved in providing misleading information or fraudulent transactions may face up to 3 years of imprisonment and fines up to 5 million Nepali Rupees.

      • Severe penalties are also proposed for destruction or concealment of written records or documents.

    5. Penalties for Violating Regulations:

      • Organizations or individuals violating rules or directives under the Act and causing harm to the securities market may face fines ranging from 500,000 to 2 million Nepali Rupees.

      • Provisions have also been made for compensating actual damages caused.

    6. Penalties for Unauthorized Transactions:

      • Conducting securities transactions, central deposit services, or specialized investment fund operations without authorization may incur fines ranging from 500,000 to 2.5 million Nepali Rupees.

    The amendment bill is expected to play a significant role in making the securities market more organized and transparent, and in protecting investor interests.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026