·

नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य गर्यो वृद्धि

Author

nepse trading

नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य  गर्यो वृद्धि

नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ। नयाँ मूल्यको आधारमा प्रति लिटर पेट्रोलमा रु. २।२४ र डिजेलमा रु. ३।५५ ले वृद्धि भएको हो।

निगमको सञ्चालक समितिको निर्णय अनुसार, आज (मिति २०८१/१०/०३) बिहान ००:०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु. २/- र डिजेल/मट्टितेलमा रु. ३/- ले वृद्धि गरिएको छ।

नयाँ मूल्य अनुसार, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ्ग, र तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायलका क्षेत्रका लागि लागू हुनेछ।

Related News