
शेयर लागानीकर्तालाई धितोपत्र बोर्डका ७ सुझाव Securities Board's 7 Tips for Stock Investors
▪ देशको अर्थतन्त्र तथा राजनैतिक अवस्था, तरलताको स्थिति एवं व्याजदरजस्ता पक्षहरुको प्रभाव धितोपत्र बजारमा
पर्ने हुँदा लगानी सम्बन्धी निर्णय लिंदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरुलाई ध्यानमा राखी लगानी
निर्णय लिनुहोस्।
▪ लगानी क्षमता र प्रतिफलमा समग्र मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकोले मुद्रास्फीतिको असरलाई ध्यान दिदै
लगानीको प्रतिफल मूल्यांकनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाउनुहोस्।
▪ विशेषगरी एकल वा अप्रत्याशित घटना एवं असरबाट हुने घाटाबाट आफ्नो लगानीलाई सुरक्षित राख्न लगानी
विविधिकरणको महत्वलाई पहिचान गर्नुहोस्।
▪ इन्टरनेट लगायत अन्य सामाजिक संजालबाट लगानी सम्बन्धी प्राप्त सूचना, जानकारी तथा विवरणहरुलाई
सम्बन्धित आधिकारिक पक्षबाट प्रमाणित गरी लगानी निर्णय गर्नुहोस्।
▪ धितोपत्रमा गरिने लगानीमा प्रतिफलसँगै जोखिम समेत रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न आफ्नो लगानी
क्षमता अनुरुप लगानी विविधिकरणमा ध्यान दिनुहोस्।
▪ धितोपत्र कारोवारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरुबाट सुरक्षित रहन
लगानी सम्बन्धी रणनीतिक योजना तयार गर्नुको साथै आपतकालीन कोषको व्यवस्था गर्ने गनुहोस्।
▪ धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता, तथा दुरदृष्टि कायम राखी लगानीलाई दिगो
एवं प्रतिफलमूखी बनाउनुहोस्।
▪ धितोपत्र कारोवारमा धोका, जालसाजी तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्व–विवेकी
निर्णय गर्ने गर्नुहोस्।
When making investment decisions in the stock market, considering the economic, social, and political aspects, as well as the impact of liquidity and interest rate fluctuations, is crucial.
Since the overall currency depreciation affects investment capacity and returns, it's important to consider the impact of currency depreciation and base investment decisions on the actual returns of investments for evaluating profitability.
Recognize the importance of diversification to safeguard investments against unforeseen events and their impacts on investment.
Verify investment-related information, data, and details obtained from the internet and other social networks through official sources before making investment decisions.
Pay attention to diversification in accordance with investment capacity to mitigate risks associated with investments alongside managing risks related to unexpected financial and economic impacts by developing strategic investment plans including provision for emergencies.
Investors in the stock market should maintain patience, diligence, and farsightedness to make investments long-term and profit-oriented.
Be vigilant and make independent decisions based on self-awareness to safeguard against risks, fraud, and deceit in stock market operations.




