नेपालकै सबैभन्दा ठूलो गाडी मेला 'नाडा अटो शो'को १८औँ संस्करण आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा यसपटकको मेलालाई ‘स्वर्ण उत्सव’का रूपमा भव्यताका साथ सम्पन्न गर्न तयारी तीव्र पारेको छ। यो प्रदर्शनी भदौ १४ गतेसम्म चल्नेछ।
मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको यस मेलामा झन्डै तीन लाख वर्गफुटको विशाल क्षेत्रफलभित्र २०० भन्दा बढी स्टलहरू रहनेछन्। मेलामा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र हल्का व्यावसायिक सवारीसाधनका नयाँ मोडलका साथै बैंक, बिमा कम्पनी, टायर, लुब्रिकेन्ट्स र अटो पार्ट्सका छुट्टाछुट्टै स्टलहरू राखिने आयोजकले जनाएको छ।
यस वर्षको अटो शोमा नेपालमै एसेम्बल गरिएका सवारीसाधन, ब्याट्री तथा हेल्मेटलगायतका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखिँदैछ। यसका अतिरिक्त, दिगो यातायात र स्मार्ट मोबिलिटीका विषयमा सरोकारवाला तथा विज्ञहरूबीच अन्तरक्रियासमेत हुनेछ। अवलोकनकर्तालाई सहज होस् भनेर गाडी, पार्ट्स र वित्तीय संस्थाका स्टलहरूलाई अलग–अलग क्षेत्रमा विभाजन गरिनेछ।
६ दिनसम्म चल्ने यस मेलामा करिब २ लाख अटोप्रेमीले अवलोकन गर्ने आयोजकको अनुमान छ। दर्शकको सुविधाका लागि 'खल्ती' एपमार्फत अनलाइन टिकटको व्यवस्था मिलाइएको छ, जसमा अग्रिम बुकिङ गर्दा ५० प्रतिशतसम्म क्यासब्याक अफर राखिएको छ। मेलास्थललाई पूर्ण सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभी निगरानी, आपत्कालीन स्वास्थ्य सेवा, ह्विलचेयर पहुँच, पार्किङ र क्याफेटेरियालगायतका सुविधाहरू सुनिश्चित गरिएको छ।
Preparations are in full swing for Nepal’s premier automobile exhibition, the 18th NADA Auto Show, scheduled to commence on Bhadra 9 at Bhrikutimandap in Kathmandu. Organized by the NADA Automobiles Association of Nepal, this year’s six-day mega event is being celebrated as a special "Golden Jubilee Edition" to mark the 50th anniversary of the association.
Spread across a sprawling area of approximately 300,000 square feet, the exhibition will feature over 200 stalls. With HP Lubricants onboard as the title sponsor, the event will showcase a wide array of two-wheelers, four-wheelers, and light commercial vehicles. Alongside the latest automobile models, there will be dedicated stalls for auto parts, tires, lubricants, garage equipment, as well as banking and insurance institutions.
A major highlight of this year's expo is its strong emphasis on domestically assembled vehicles and locally manufactured goods, including batteries and helmets. To enhance the visitor experience, the organizers are setting up distinct zones for different vehicle segments and financial services. Additionally, the event will host interactive sessions and expert discussions focusing on smart mobility and sustainable transportation.
The organizers anticipate a footfall of around 200,000 automobile enthusiasts over the course of the exhibition. To facilitate smooth entry, digital ticketing has been arranged via the 'Khalti' app, offering up to 50 percent cashback on early bookings. Ensuring a safe and visitor-friendly environment, the venue will be equipped with CCTV surveillance, emergency health services, wheelchair accessibility, fire control systems, and designated parking areas.