
भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारितAnti-Corruption Act 2059 Amendment Bill Passed by Parliamentary Committee
भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न तयार गरिएको विधेयक संसदीय समितिबाट पारित भएको छ। बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदनसहितको संशोधन विधेयक सर्वसम्मतबाट पारित गरेको हो।
यसअघि, नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। उपसमितिले विधेयकको प्रतिवेदन तयार गरी समितिमा पेश गरेको थियो, जसलाई बैठकले अनुमोदन गरेको छ।
भ्रष्टाचार निवारण ऐनको संशोधनले देशमा सुशासन, पारदर्शिता, र भ्रष्टाचार नियन्त्रणमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
The amendment bill to revise the Anti-Corruption Act 2059 has been passed by a parliamentary committee. The State Affairs and Good Governance Committee of the House of Representatives approved the amendment bill, including the report prepared by a subcommittee, during its meeting on Thursday.
Earlier, a subcommittee was formed under the coordination of Nepali Congress MP Hridayaram Thani to review the bill. The subcommittee submitted its report to the committee, which was unanimously approved during the meeting.
The amendment to the Anti-Corruption Act is expected to enhance governance, transparency, and efforts to control corruption in the country.




