अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
को
२९औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम प्रकाशित मिति २०८३/०५/२९ गते
यस कम्पनीको मिति २०८३/०५/२८ मा बसेको सञ्चालक समितिको बैठक (बैठक संख्या २८-०७) को निर्णय अनुसार कम्पनीको २९औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरूमा छलफल गरि निर्णय गर्न सभा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनीहरूको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:
मिति: २०८३ असोज २७ गते मंगलबार (13th October, 2026)
समय बिहान १०:०० बजे।
स्थान: होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौं।
छलफल तथा निर्णयका लागि निर्धारित विषय सूची:
क) सामान्य प्रस्ताव :
- अध्यक्षज्यूको मन्तव्य सहितको उन्तीसौं वार्षिक साधारण सभा (आ.व. २०८२/०८३) को प्रयोजनको लागि सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
- लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने सम्बन्धमा।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने सम्बन्धमा।
- कम्पनीको लगानी रहेका सहायक कम्पनीहरूले निर्माण गर्ने आयोजनाहरूका लागि कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा।
ख) विशेष प्रस्ताव :
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनश शेयर वितरण गर्ने सम्बन्धमा।
- बोनश शेयर जारी गर्दा खण्डिकृत भएमा खण्डिकृत शेयर सम्बन्धित शेयरधनीको नाममा जगेडा राख्ने सम्बन्धमा।
- बोनश शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरू संशोधन गर्ने सम्बन्धमा।
- कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरू:
१) शेयरधनीहरूको दस्तखतको लागि शेयरधनी उपस्थिति पुस्तिका बिहान ९:०० बजेबाट खुल्ला गरिनेछ।
२) साधारण सभामा उपस्थित हुने शेयरधनीहरूले आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको कुनै प्रमाण पत्र वा हितग्राही खाता (Demat Account Statement) खोली शेयरको अभौतिकरण गरिएको विवरण देखिने (Demat Account Statement) वा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिन हुन अनुरोध छ।
३) २९औं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३ असोज १३ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द रहनेछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३ असोज १२ गते सम्म कारोबार भई म्याद भित्र यस कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र सो सभामा भाग लिन र आ.व. २०८२/०८३ को बोनश तथा नगद लाभांश पाउन योग्य हुनेछन्।
४) साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधिपत्र (प्रोक्सी) नियुक्त गर्नु पर्नेछ।
५) एक भन्दा बढी व्यक्तिहरूको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नु हुनेछ। कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ।
६) कुनै शेयरधनी महानुभावहरूले छलफलका विषयहरू मध्ये विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्य दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनु पर्नेछ। तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा नीहित हुनेछ।



