काठमाडौँ — जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको आशुतोष इनर्जी लिमिटेडले आगामी मंसिर १४ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर बिक्री खुला गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डबाट कुल जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर जारी गर्ने अनुमति पाएको कम्पनीले पहिलो चरणमा ६ लाख ६० हजार कित्ता बजारमा ल्याउन लागेको हो। यसमध्ये स्थानीय बासिन्दाका लागि ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता सेयर छुट्याइएको छ। सर्वसाधारण समूहका लागि बाँकी रहेको सेयर भने दोस्रो चरणमा निष्कासन गरिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।
आयोजना प्रभावित स्थानीयका लागि निर्धारित ६ लाख कित्तामध्ये आधा अर्थात् ३ लाख कित्ता अति प्रभावित क्षेत्रका रूपमा रहेका लमजुङको दुधपोखरी गाउँपालिका–१ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका–२ र ३ का बासिन्दालाई वितरण गरिनेछ। बाँकी ३ लाख कित्ता भने दुधपोखरी, दोर्दी र अजिरकोट गाउँपालिकाका अन्य क्षेत्रका स्थायी बासिन्दाका लागि सुरक्षित गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल सरकारको आधिकारिक निकायबाट श्रम स्वीकृति लिएको प्रमाण पेस गरी सर्वसाधारण कोटाको १० प्रतिशत (६० हजार कित्ता) मा आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने म्याद मंसिर १७ गतेसम्म तोकिएको छ भने पर्याप्त आवेदन नपरेमा मंसिर २८ गतेसम्म थपिनेछ। स्थानीय बासिन्दाले भने मंसिर २८ गतेसम्म आवेदन दिन पाउनेछन्, मागबमोजिम आवेदन नआएमा यो अवधि पुस १४ गतेसम्म लम्बिन सक्नेछ। स्थानीयले तोकिएका संकलन केन्द्र र बैंक शाखाबाट तथा वैदेशिक रोजगारीमा रहेकाहरूले सी–आस्बा र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
आशुतोष इनर्जीले प्रवर्द्धन गरेको ८.३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजनाले २०७९ असोजदेखि नै व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ। १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ८१ लाख रुपैयाँ छ भने यसको लगानी फिर्ता अवधि ४.६६ वर्ष रहेको छ। त्यस्तै, कम्पनीले थप ४३ करोड ४० लाख रुपैयाँको लागतमा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ, जसले हालै २०८१ कात्तिकमा उत्पादन अनुमति पाएको हो। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
KATHMANDU — Hydroelectric developer Ashutosh Energy Limited is set to open its Initial Public Offering (IPO) on November 29 (Mangsir 14), prioritizing project-affected local residents and Nepalis employed abroad under the first phase of the share issuance.
Having received approval from the Securities Board of Nepal (SEBON) to issue 1.2 million ordinary shares worth NPR 120 million—representing 20 percent of its NPR 600 million issued capital—the company is rolling out 660,000 shares in this initial tranche. Of the total, 600,000 shares (worth NPR 60 million) have been earmarked for local residents, while 60,000 shares (worth NPR 6 million) are reserved for Nepalis working abroad with valid government labor permits. The remaining public portion will be issued in the next phase, according to issue manager NMB Capital.
For local residents, half of the allotted portion (300,000 shares) has been designated for the most-affected zones: Wards 1 and 2 of Dudhpokhari Rural Municipality in Lamjung district, and Wards 2 and 3 of Ajirkot Rural Municipality in Gorkha district. The remaining 300,000 shares are set aside for other permanent residents across Dudhpokhari, Dordi, and Ajirkot rural municipalities. Non-resident Nepalis working abroad can subscribe to their 10 percent quota via the C-ASBA system by verifying their official labor approvals.
Applicants can bid for a minimum of 10 shares up to a maximum of 20,000 shares at a face value of NPR 100 per share. The subscription window for Nepalis abroad closes on December 2 (Mangsir 17), with a possible extension to December 13 (Mangsir 28) if undersubscribed. Local residents have until December 13 (Mangsir 28) to apply, extendable up to December 29 (Poush 14) depending on demand. Eligible locals can apply through designated project collection centers and bank branches, while overseas workers can use the online MeroShare platform.
Ashutosh Energy already operates the 8.3-megawatt Chepe Khola Small Hydropower Project, which has been generating commercial electricity since October 2022. Built at a total cost of NPR 1.45 billion (approx. NPR 168.1 million per MW), the operational project boasts a simple payback period of 4.66 years. In addition, the company is actively constructing the 2 MW Chepe Khola Cascade Hydropower Project, budgeted at NPR 434 million, which received its power generation license in October 2024. ICRA Nepal has assigned an ‘[ICRANP-IR] BBB-’ issuer rating to the company, indicating a moderate degree of safety regarding timely servicing of financial obligations.