एशियन कंक्रिटो लिमिटेडको वार्षिक
साधारण सभा सम्बन्धी सूचना
यस एशियन कंक्रिटो लि.को मिति २०८३।०५।१७ गते बसेको संचालक समितिको बैठक बाट निर्णय भए बमोजिम यस कम्पनीको आ.ब.२०८२।८३ को वार्षिक साधारण सभा निम्न मिति, स्थान तथा समयमा निम्न विषयहरुमा छलफल गर्न बस्ने भएकोले तपाईलाई सो को जानकारी गराउँदै उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं ।
वार्षिक साधारण सभा हुने मिति, स्थान र समय :
आ.ब. २०८२।०८३
मिति : २०८३।०६।२१ गते
समय : दिनको १२:३० बजे
स्थान : कम्पनीको कार्यालय, रामग्राम न.पा. वडा नं. १६ नवलपरासी ।
छलफलका विषयहरु :
वार्षिक साधारण सभाका लागी छलफलका विषयहरु :
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुमोदन गर्ने बारेमा ।
- आ.ब. २०८२।८३ को लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक विवरणहरु अनुमोदन गर्ने बारेमा ।
- आ.ब. २०८३।८४ लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक बारेमा ।
- कम्पनीको संचालक समितिबाट गरिएको संचालक नियुत्तीलाई अनुमोदन गरी नयाँ संचालक लगत तयारपारी अभिलेखका लागी पेश गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन अनुसार कम्पनी सचिव नियुक्ति गर्ने सम्बन्धमा ।
- कम्पनीको संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- कम्पनीको संचित मूनाफा बाट चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश दिने सम्बन्धमा ।
- आ.व. २०८२।८३ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने सम्बन्धमा ।
- आ.व. २०८२।८३ को चुक्ता पूँजी तथा संचित मुनाफाको कूल रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा ।
- कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरे पश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम संचालक समितिको संरचना परिवर्तन गर्ने सम्बन्धमा ।
- विविध ।



