NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Asian Hydropower Reports Heavy Loss, EPS Turns Negative
    एशियन हाइड्रोपावरको नाफामा भारी गिरावट, EPS ऋणात्मक
    Stock
    1 min read
    Published on August 8, 2025
    NEPSE TRADING

    एशियन हाइड्रोपावरको नाफामा भारी गिरावट, EPS ऋणात्मकAsian Hydropower Reports Heavy Loss, EPS Turns Negative

    एशियन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २८ लाख १६ हजार रुपैयाँ बराबरको घाटा बेहोरेको देखिएको छ, जुन अघिल्लो त्रैमासको ३० लाख ६५ हजार घाटाको तुलनामा थोरै सुधार भए पनि अघिल्लो वर्षको ५८ लाख ६१ हजारको घाटाको तुलनामा अझै कमजोर प्रदर्शन हो। समग्र आम्दानी बढेको भए पनि खर्च नियन्त्रणमा नआउँदा कम्पनी लाभमा जान असफल देखिएको हो।

    यो त्रैमासमा कम्पनीको राजस्व १३ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने सकल नाफा ११ करोड ४० लाख रुपैयाँ कायम भएको छ। तर प्रशासनिक तथा अन्य खर्च ११ करोड रुपैयाँभन्दा बढी रहेको र वित्तीय खर्च ८ करोड ४६ लाख पुगेकाले सञ्चालन मुनाफा संकुचित भएको छ। नाफामा गिरावटसँगै प्रति शेयर आम्दानी (EPS) पनि ऋणात्मक देखिएको छ। यस त्रैमासको EPS –८.२८ रुपैयाँ रहेको छ, जबकि अघिल्लो त्रैमासमा –९.०२ र अघिल्लो वर्षको यही अवधिमा –१७.२४ रुपैयाँ थियो।

    कम्पनीको कुल सम्पत्ति १३ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल दायित्व १० अर्ब २१ करोड रुपैयाँ पुगेको छ। कम्पनीले कर्जामा ८ अर्ब ६२ करोडभन्दा बढी रकम लिएको छ। यस्तै, हाल बजार मूल्य प्रति शेयर ६१९.१८ रुपैयाँ कायम रहेको छ भने P/E अनुपात –७४.७६ मा झरेको छ, जुन लगानीकर्ताका लागि चिन्ताजनक हो।

    कम्पनीले नेपाल विद्युत प्राधिकरणसँगको सहमतिअनुसार हरिपुर (१० मेगावाट) र धवलाखोला (३० मेगावाट) आयोजना विकासको लागि Letter of Intent (LOI) प्राप्त गरिसकेको छ। अहिले कम्पनी स्वीकृति प्रक्रिया र विद्युत खरीद सम्झौता (PPA) को तयारीमा रहेको जनाएको छ।

    बाह्य चुनौतीको रूपमा, कम्पनीले गोदक–दमक प्रसारण लाइनमा आएको बाढीका कारण असोज ११ गतेसम्म विद्युत उत्पादन ठप्प भएको बताएको छ। यस अवधिमा मात्रै कम्पनीले २ करोड ६५ लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाएको उल्लेख छ।

    समग्रमा, खर्च नियन्त्रणको चुनौती, EPS मा ऋणात्मकता र बजार मूल्यमा गिरावटले कम्पनीलाई दबाबमा पारेको छ। यद्यपि, आयोजनाको प्रगति र उत्पादन पुनः सञ्चालनका प्रयासले भविष्यमा केही सकारात्मक संकेत दिन सक्ने आधार देखिएको छ।

    Asian Hydropower Limited has published its unaudited financial report for the fourth quarter of FY 2081/82, revealing a net loss of NPR 28.16 lakh. Although this is a slight improvement from the previous quarter’s loss of NPR 30.65 lakh, it still reflects a weak financial position compared to the NPR 58.61 lakh loss recorded in the same period last fiscal year. Despite a rise in revenue, increased operational and financial expenses have prevented the company from turning a profit.

    In this quarter, the company generated total revenue of NPR 13.64 crore and recorded a gross profit of NPR 11.40 crore. However, high administrative and operating expenses exceeding NPR 11 crore, along with finance costs of NPR 8.46 crore, significantly impacted profitability. As a result, Earnings Per Share (EPS) remains negative at NPR –8.28, compared to –9.02 in the previous quarter and –17.24 in the same period last year.

    The company’s total assets stand at NPR 13.16 billion, while total liabilities are at NPR 10.21 billion. It has borrowed over NPR 8.62 billion. The market value per share has dropped to NPR 619.18, and the Price-to-Earnings (P/E) ratio has fallen to –74.76, signaling risk for investors.

    On the project development front, Asian Hydropower has obtained a Letter of Intent (LOI) from the Nepal Electricity Authority (NEA) to develop two grid-connected solar PV projects — Haripur (10 MW) and Dhalbekar (30 MW). The company is currently undergoing approval processes and preparing Power Purchase Agreements (PPA).

    Externally, the company faced a major disruption in power generation due to damage to the 132kV transmission line caused by flooding in Eastern Nepal. Power production was halted until Kartik 2081, resulting in a revenue loss of over NPR 2.65 crore.

    Overall, the company continues to face financial pressure due to persistent losses, high expenses, and negative EPS. However, the ongoing progress in project development and power resumption efforts offer some optimism for potential recovery in upcoming quarters.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026