
1 min read
Latest News
प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवाBajeko Sekuwa Preparing to Issue IPO at Premium Price
नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।
आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा हुने कम्पनीले जनाएको छ । सभाबाट आईपीओसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा समेत रहेको छ ।
यसअघि गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको थियो । कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउँदै क्रेडिट रेटिङसमेत गराइसकेको छ, जसअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई मध्यम स्तरको सुरक्षित मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ । संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी कायम भएको कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
४९ वर्षको इतिहास बोकेको बाजेको सेकुवा एयरपोर्ट क्षेत्रको सिनामंगलबाट सुरु भएको हो। हाल कम्पनीले नेपाल तथा विदेशमा गरी २९ वटा शाखा सञ्चालन गरिरहेको छ । परम्परागत नेपाली खाना र सेकुवा परिकारका लागि परिचित यस ब्रान्डले २०० भन्दा बढी मेनु परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यो कम्पनी २०६६ साल कात्तिक २३ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भएको थियो भने २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो ।
आर्थिक रूपमा समेत कम्पनीले पछिल्ला वर्षहरूमा सुधार देखाएको छ । आर्थिक वर्ष २०७८-७९ देखि २०८१-८२ सम्म कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ । आउटलेट विस्तार र ब्रान्ड विस्तारसँगै रेष्टुरेन्ट सेवाप्रतिको बढ्दो मागले आम्दानी वृद्धि भएको कम्पनीको दाबी छ ।
Bajeko Sekuwa Limited, a renowned restaurant brand in Nepal, is preparing to issue an Initial Public Offering (IPO) at a premium price. The company has proposed to issue 20% of its shares to the public through the IPO, and is also discussing the possibility of issuing shares to its promoters at a premium price.
The company has scheduled a special general meeting on August 1 to approve the IPO proposal. The meeting will be held at the company's registered office in Battisputali, Kathmandu, at 11 am. The meeting will also grant the board of directors the authority to manage the IPO process.
Previously, the company's annual general meeting held on October 2 had approved the IPO proposal. The company has completed the necessary procedures, including obtaining a credit rating from Care Rating Nepal, which has assigned a Care NP Triple B issuer rating, indicating a moderate level of safety.
The company has an authorized capital of Rs 1 billion and a paid-up capital of Rs 750 million. The company has also made a provision for the issuance of shares worth Rs 150 million to the public.
Bajeko Sekuwa has a 49-year history, starting from a small restaurant in the Sinamangal area near the airport. Currently, the company operates 29 branches in Nepal and abroad. The brand is known for its traditional Nepali cuisine and Sekuwa dishes, offering over 200 menu items to its customers. The company was registered as a private limited company on November 23, 2009, and was converted to a public limited company on June 25, 2020.
The company has also shown improvement in its financial performance in recent years. Its operating income has increased by around 31% from Rs 380 million in the fiscal year 2019-20 to Rs 380 million in the fiscal year 2021-22. The company attributes this increase to the growing demand for its restaurant services and the expansion of its outlets and brand.




