सर्वसाधारणको लागि दरखास्त फाराम प्राप्त गर्ने र दरखास्त बुझाउने स्थानहरु :
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" अनलाइन प्रयोग गरी सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ।
कम्पनीको संक्षिप्त वित्तीय विवरण :
विवरण वास्तविक अपरिष्कृत प्रक्षेपित
२०७९/८० २०८०/८१ २०८१/८२ २०८२ पौष मसान्तसम्म* २०८२/८३ २०८३/८४ २०८४/८५
| प्रति शेयर नेटवर्थ (रु.) | ९६.७० | ७२.५६ | ९१.२७ | ११२.४३ | १०८.८७ | १२५.३६ | १४४.६८ |
| प्रति शेयर आम्दानी (रु.) | (१०.३४) | (२४.०८) | १८.७० | २१.१७ | १६.३४ | १६.४९ | १९.३२ |
| संचित नाफा/नोक्सान (रु. हजारमा) | (२७,४४६) | (२२८,२७७) | (७२,६५५) | १०३,४५८ | ९२,२४१ | २६३,७२५ | ४६४,६५१ |
| नेटवर्थमा प्रतिफल (%) | (१०.६९) | (३३.१९) | २०.४९ | १८.८३ | १५.०१ | १३.१५ | १३.३५ |
*लेखापरीक्षक तथा व्यवस्थापनबाट प्रमाणित २०८२ पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण।
विद्युत आयोजनाको नाम : माथिल्लो सोलुखोला जलविद्युत आयोजना
आयोजनाको कुल अनुमानित लागत : रु.३,८५,५१,७५,०२७।२० [Interest during construction (IDC)] सहित
| प्रति मेगावाट अनुमानित लागत : आयोजनाको प्रति मेगावाट लागत रु. | १९,४७,०५,८०९।४५ | १९.८ |
| साधारण लगानी फिर्ता हुने अवधि (PBP) : | ५.७८ | ८.१५ |
विद्युत उत्पादन अनुमतिको बाँकी अवधि : अनुमतिपत्र बहाल रहने अवधि मिति २०७३/०५/१६ देखि २१०६/११/१६ सम्म रहेकोले २४ वर्ष बाँकी
क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :
स्वीकृत विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि "धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३" को नियम ९ख. र "क्रेडिट रेटिङ्ग नियमावली, २०६८" को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८२/११/०१ मा "[ICRANP-IR] BB+" प्रमाणपत्र प्राप्त गरेको छ। "[ICRANP-IR] BB+" ले Moderate risk of default regarding timely servicing of financial obligations जनाउँदछ। इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] AAA देखि [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा [ICRANP-IR] AAA ले बलियो आधार जनाउँदछ र [ICRANP-IR] D ले कमजोर आधार जनाउँदछ। सो रेटिङ्गको वैधता अवधि २०८३/१०/२९ रहने छ।
रेटिङ्ग प्रदान गरेको मिति : २०८२/११/०१ रेटिङ्ग बहाल रहने मिति : २०८३/१०/२९
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढ़ी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौं।



