२. बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, काठमाडौँ महानगरपालिका वडा नं. ०५ । www.benihydro.com.np
साथै, नेपाल धितोपत्र बोर्डको वेबसाइट www.sebon.gov.np बाट समेत यस निष्काशनको स्वीकृत विवरणपत्र हेर्न सकिनेछ ।
साधारण शेयरको बिक्री खुल्ला अवधि:
निष्काशन खुल्ला मिति : २०८३/०५/२२
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०५/२६ (बैंकिङ्ग समय पश्चात्)
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०६/०५ (बैंकिङ्ग समय पश्चात्)
नोट: बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले मिति २०८३ भाद्र ०९ गतेको “अन्नपूर्ण पोस्ट” राष्ट्रिय दैनिकमा आव्हान-पत्र प्रकाशित गरी सर्वसाधारणमा मिति २०८३/०५/२२ गतेदेखि मिति २०८३/०५/२६ गतेसम्म (निष्काशन तथा बिक्री खुल्ला गर्न लागिएकोमा मिति २०८३/०५/१८ गते नेपाल सरकार, गृह मन्त्रालयको निर्णय बमोजिम मिति २०८३/०५/२३ गते जेन्सी सहित दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १०(१) बमोजिम “सार्वजनिक निष्काशन गरिने धितोपत्रको दरखास्त खुल्ला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ” भनी व्यवस्था रहेको हुँदा निष्काशनकर्ता कम्पनीको पूर्व निर्धारित निष्काशन अवधि परिवर्तन भएको ।
कम्पनीको संक्षिप्त वित्तीय विवरण:
विवरण वास्तविक प्रक्षेपित
२०७९/८० २०८०/८१ २०८१/८२ २०८२ पौष मसान्तसम्म* २०८२/८३ २०८३/८४ २०८४/८५
| प्रति शेयर नेटवर्थ (रु.) | ९६.७० | ७२.५६ | ९१.२७ | ११२.५३ | १०८.८७ | १२५.३६ | १४४.६८ |
| प्रति शेयर आम्दानी (रु.) | (१०.३४) | (२९.०८) | (१८.०७) | २१.१७ | १६.३४ | १६.४१ | १६.३२ |
| संचित नाफा/नोक्सान (रु. हजारमा) | (२७,४४६) | (२२८,२७७) | (७२,६५५) | १०३,४५८ | ९२,२४१ | २६३,७२५ | ४६४,६५१ |
| नेटवर्थमा प्रतिफल (%) | (१०.६९) | (३३.१९) | (२०.४१) | १८.८३ | १५.०१ | १३.१५ | १३.३५ |
*लेखापरीक्षक तथा व्यवस्थापनबाट प्रमाणित २०८२ पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण ।
विद्युत आयोजनाको नाम : माथिल्लो सोलुखोला जलविद्युत आयोजना
आयोजनाको कुल अनुमानित लागत : रु. ८,८५,७५,७२,७२० (Interest during construction (IDC) सहित)
| प्रति मेगावाट अनुमानित लागत : आयोजनाको प्रति मेगावाट लागत रु. | १४,४५,७५,०१५ | ६१.२ |
| साधारण लगानी फिर्ता हुने अवधि (PBP) : | ५.३८ | ८.१५ |
विद्युत उत्पादन अनुमतिको बाँकी अवधि : अनुमतिपत्र बहाल रहने अवधि मिति २०७३/०५/२६ देखि २१०६/११/१६ सम्म रहेकोले २४ वर्ष बाँकी
क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :
स्वीकृत विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” को नियम ९ख. र “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौँबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८२/११/०१ मा “[ICRANP-IR] BB+” प्रमाणनपत्र प्राप्त गरेको छ । “[ICRANP-IR] BB+” ले Moderate risk of default regarding timely servicing of financial obligations जनाउँदछ । ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] AAA देखि [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा [ICRANP-IR] AAA ले बलियो आधार जनाउँदछ र [ICRANP-IR] D ले कमजोर आधार जनाउँदछ । सो रेटिङ्गको वैधता अवधि रेटिङ्ग बहाल रहने मिति : २०८३/१०/२१
रेटिङ्ग प्रदान गरेको मिति : २०८२/११/०१
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौँ ।



