बेष्ट फाइनान्सले ५ लाख ३५ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्यायो काठमाडौं। बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीका लागि आवेदन खुला गरेको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको हो, सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिने समय ३५ दिनको रहेको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्। कम्पनीले तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर खरिदका लागि खुला गरिने जानकारी दिएको छ।





