Best Finance to Auction 556,074 Shares from June 18
Author
NEPSE trading
बेस्ट फाइनान्सले असार ४ गतेदेखि ५ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँको आधार मूल्यमा बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ।
आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले असार ११ गतेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ।
लगानीकर्ताले बेस्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं, तथा शाखा कार्यालयहरु मिलन चोक (बुटवल), नेपालगञ्ज, इटहरी, नारायणघाट, घोराही, चितवन, वीरगंज, र पोखराबाट आवेदन दिन सक्नेछन्। यस्तै, ग्लोबल आइएमई बैंकको सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन फारम बुझाउन सकिनेछ। यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।