·
१० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ?
Author
Dipesh Ghimire
शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटेको छ ।
धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
यद्यपि सबै सञ्चालकको हस्ताक्षर बाँकी भएकोले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाँकी छ ।
जेठपछि ५० हजारसम्मको कारोबारका लागि ०३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०३१ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०२७ प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०२४ प्रतिशत शुल्क लाग्नेछ ।