बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा आगामी कात्तिक २० गते (शुक्रबार) आयोजना गर्ने भएको छ। गत असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति र स्थान औपचारिक रूपमा तय गरेको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त सभा काठमाडौंको पानीपोखरी (दोचा मार्ग) स्थित 'वालनट बिस्ट्रो' मा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा मुख्य रूपमा सञ्चालक समितिका तर्फबाट पेश हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने कार्यक्रम तय भएको छ।
यसका साथै, सभाले गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका महत्त्वपूर्ण वित्तीय विवरणहरूलाई पनि अनुमोदन गर्नेछ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश छ।
साधारण सभाले सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गर्नेछ। नियमनकारी निकायबाट प्रबन्धपत्र संशोधनमा कुनै फेरबदलको निर्देशन आएमा सोहीअनुसार मिलाउने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाबाट गराइने कम्पनीले जनाएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १० गते एक दिनका लागि बुक क्लोज (शेयर दर्ता पुस्तिका बन्द) गर्ने निर्णय गरेको छ। यसको अर्थ, कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस सभामा सहभागी हुन र मतदान गर्न पाउनेछन्।
कुनै शेयरधनी सभामा आफैं उपस्थित हुन नसक्ने अवस्था भएमा सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै कम्पनीको महाराजगञ्जस्थित मुख्य कार्यालयमा प्रतिनिधि (प्रोक्सी) दर्ता गराइसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रोक्सी नियुक्त गरिएको व्यक्ति पनि कम्पनीको शेयरधनी नै हुनुपर्ने शर्त राखिएको छ।
Buddha Bhumi Nepal Hydropower Company Limited is gearing up to host its 18th Annual General Meeting (AGM) on Friday, Kartik 20, 2083. Following a board of directors' meeting held on Asoj 22, the company announced that the corporate event will take place at Walnut Bistro in Panipokhari, Kathmandu, commencing at 11:00 AM.
The primary agenda for the upcoming assembly includes the discussion and endorsement of the company's annual financial report for the fiscal year 2082/83. Shareholders will also review and approve key financial documents, including the auditor's report, balance sheet, profit and loss account, and cash flow statements up to Ashad 2083. Furthermore, the meeting will finalize the appointment of a new auditor for the fiscal year 2083/84 and determine their remuneration, alongside formally approving the appointment of board directors.
In addition to the financial reviews, the AGM will pass crucial proposals regarding amendments to the company's Memorandum of Association (MoA) and Articles of Association (AoA). A special resolution will also be tabled to grant the board of directors full authority to incorporate any further modifications or adjustments if directed by regulatory bodies during the amendment process.
For the purpose of the AGM, the hydropower company has scheduled a formal book closure on Kartik 10, 2083. Consequently, only investors who maintain their shareholding and are registered in the Nepal Stock Exchange (NEPSE) by Kartik 9 will be deemed eligible to participate and vote in the assembly. Shareholders who are unable to attend physically can appoint a proxy—who must also be a registered shareholder of the company—by submitting the required details at the company's Maharajgunj-based head office at least 48 hours prior to the meeting.