काठमाडौँ — नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित गरेको छ। काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८3 को मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाले अविमोच्य असञ्चित अग्राधिकार शेयरधनीका लागिसमेत ८ प्रतिशत लाभांश अनुमोदन गरेको छ।
बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघेको छ, जुन स्थापनाकालको तुलनामा ९६० गुणा बढी हो। समीक्षा वर्षमा बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। सोही अवधिमा बैंकको निक्षेप १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ र कर्जा प्रवाह १२.१५ प्रतिशतले विस्तार भई ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यससँगै बैंकको समग्र वासलातको आकार १५.३८ प्रतिशतको वृद्धिसहित ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
साधारणसभाले संस्थापक शेयरधनी समूहका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बैंकले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र सरोकारवालाको हितलाई केन्द्रमा राखेर सन्तुलित तथा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए। उद्घाटन सत्रमा मौलिक संस्कृतिको प्रवर्धन गर्दै सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो।
चार दशकदेखि गुणस्तरीय सेवा दिँदै आएको नबिल बैंकले हाल देशभरका २६२ शाखा र ३१६ एटिएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 'एनबैंक'मार्फत डिजिटल बैंकिङलाई प्रवर्धन गरिरहेको बैंकले सन् २०३० सम्ममा पूर्णरूपमा 'एआई रेडी बैंक' बन्ने दीर्घकालीन रणनीति तय गरेको छ। साथै, विश्वास (ट्रस्ट), पारदर्शिता (ट्रान्सपरेन्सी), प्रतिभा (ट्यालेन्ट), प्रविधि (टेक्नोलोजी) र रूपान्तरण (ट्रान्सफरमेसन) गरी '५ टी' को अवधारणालाई अघि बढाउँदै बैंकले आफ्नो यात्रा विस्तार गरिरहेको जनाएको छ।
Kathmandu — The 42nd Annual General Meeting (AGM) of Nabil Bank Limited has passed the 15.80 percent dividend proposed by the Board of Directors. The assembly, chaired by Bank Chairman Nirvana Kumar Chaudhary and held on Thursday at the Tribhuvan Army Officers Club in Bhadrakali, Kathmandu, unanimously approved the distribution of a 5 percent bonus share and a 10.80 percent cash dividend to ordinary shareholders from the profits of the fiscal year 2082/83. Additionally, the meeting endorsed an 8 percent dividend for irredeemable non-cumulative preference shareholders.
Following the distribution of the bonus shares, the bank's paid-up capital has surpassed Rs 33.40 billion, marking a 960-fold increase since its establishment. In the review year, the bank recorded a net profit of Rs 7.91 billion. During the same period, the bank's deposit liability grew by 13.06 percent to reach Rs 602.93 billion, while credit disbursement expanded by 12.15 percent to Rs 476.87 billion. Consequently, the overall size of the bank's balance sheet has grown by 15.38 percent, totaling Rs 734.76 billion.
The AGM unanimously elected Nirvana Kumar Chaudhary, Malay Mukherjee, and Syed Mansoor Mustafa to the Board of Directors representing the promoter shareholder group. Addressing the assembly, Chairman Chaudhary stated that the bank is delivering balanced and modern banking services by keeping corporate governance, customer satisfaction, and the interests of all stakeholders at the forefront. The inauguration session also featured a cultural performance aimed at promoting indigenous traditions.
Nabil Bank, which has been delivering quality banking services for four decades, currently serves over 2.8 million customers through its nationwide network of 262 branches and 316 ATMs. Heavily promoting digital banking through 'nBank', the institution has set a long-term strategic goal to become a fully 'AI-Ready Bank' by 2030. Furthermore, the bank is advancing its operational framework by adopting the '5 Ts' concept—Trust, Transparency, Talent, Technology, and Transformation.