काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिको मूल्यसूचीअनुसार ठूलो गोलभेँडा (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ तथा टनेल र तराईको सानो गोलभेँडा ४० रुपैयाँ कायम गरिएको छ। यस्तै, रातो आलु (लाम्चो र गोलो) प्रतिकिलो ५० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, सेतो आलु ३० रुपैयाँ र सुकेको भारतीय प्याज प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
दैनिक उपभोग्य हरियो तरकारीतर्फ स्थानीय काउली प्रतिकिलो ४० रुपैयाँ, तराई काउली २५ रुपैयाँ र लोकल बन्दा ३० रुपैयाँ तोकिएको छ। लोकल गाजर ९० र तराई गाजर ६० रुपैयाँ, लाम्चो भन्टा ३० र डल्लो भन्टा ५० रुपैयाँ तथा तने बोडी ९० र मकै बोडी ५० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, राजमा सिमी र भिण्डी १३० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, लौका र पाकेको फर्सी ७० रुपैयाँ, हरियो डल्लो फर्सी ३० रुपैयाँ तथा इस्कुस २५ रुपैयाँ कायम छ।
सागसब्जीतर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ तथा चम्सुर, मेथी र जिरीको साग १५० रुपैयाँ निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ २६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ भने कुरिलो ८०० रुपैयाँ र ब्रोकाउली १२० रुपैयाँ तोकिएको छ।
फलफूलको थोक बजारमा फूजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ कायम छ। नेपाली र भारतीय सुन्तला प्रतिकिलो १०० रुपैयाँ, अनार ४०० रुपैयाँ, स्टबेरी र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ, किबी र आभोकाडो ३०० रुपैयाँ तथा मौसम र जुनार २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। नेपाली र मालभोग केरा भने प्रतिदर्जन १५० रुपैयाँमा कारोबार भइरहेको छ।
मसला तथा माछातर्फ अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ र हरियो लाम्चो खुर्सानी ८० रुपैयाँ निर्धारण गरिएको छ। नेपाली र चाइनिज सुकेको लसुन प्रतिकिलो २६० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ र पार्सले २ हजार ८०० रुपैयाँ तोकिएको छ। यस्तै, ताजा रहु माछा प्रतिकिलो ३७० रुपैयाँ, छडी ३५० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ कायम भएको समितिले जनाएको छ।




