काठमाडौँ — अमेरिकी डलरको मजबुती र ब्याजदर थप बढ्ने प्रक्षेपणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य एक वर्षयताकै सस्तो भएको छ। सोमबार प्रतिऔँस ३ हजार ८ सय ३२ अमेरिकी डलरसम्म झरेको सुन मंगलबार भने करिब ०.७५ प्रतिशतले सम्हालिँदै ३ हजार ८ सय ६१ डलर कायम भएको छ। यस्तै, सोमबार ४६.५० डलरमा झरेको चाँदी पनि मंगलबार २ प्रतिशतभन्दा बढीले उकालो लागेर प्रतिऔँस ४७.५० डलर पुगेको छ। यो गिरावटसँगै सुन सन् २०१५ यताकै सबैभन्दा ठूलो वार्षिक ओरालो लाग्ने दिशामा देखिएको छ।
गत जनवरीमा प्रतिऔँस करिब ५ हजार ६ सय डलरको ऐतिहासिक उचाइ छोएको सुन त्यसयता ३० प्रतिशतभन्दा बढीले सस्तिइसकेको छ। सोही अवधिमा १२१.६५ डलरसम्म पुगेको चाँदीको भाउ करिब ६० प्रतिशतले खस्किएको छ। भेनेजुएला र इरानको भूराजनीतिक तनाव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भको नेतृत्वमा केभिन वार्सलाई छनोट गरेपछि बहुमूल्य धातुको बजार ओरालो लाग्न थालेको हो।
सुनमा लगानी गर्दा ब्याज नपाइने भएकाले अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल करिब ५ प्रतिशत पुग्नु र आगामी डिसेम्बरमा पुनः ब्याजदर बढ्ने आकलनले लगानीकर्ताको आकर्षण घटेको हो। सामान्यतया युद्धका बेला सुरक्षित लगानी मानिने सुनलाई यसपटक इरान द्वन्द्वले समेत टेवा दिन सकेन। युद्धका कारण तेलको भाउ र महँगी बढ्दा ब्याजदर झनै कसिलो हुने देखिएपछि सुनको मागमा दबाब परेको विश्लेषकहरूको भनाइ छ।
अब लगानीकर्ताको ध्यान बुधबार सार्वजनिक हुने अमेरिकी केन्द्रीय बैंकको अक्टोबर बैठकको विवरणतर्फ केन्द्रित छ। यसैबीच, लगानी बैंक गोल्डम्यान स्याक्सले सन् २०२६ को अन्त्यसम्म सुन प्रतिऔँस ४ हजार १ सय ५० डलर पुग्ने संशोधित प्रक्षेपण गरेको छ। बजारमा उतारचढाव देखिए पनि विश्व सुन परिषद्का अनुसार सन् २०२६ को सेप्टेम्बरसम्म विभिन्न देशका केन्द्रीय बैंकहरूले ६ सय ७५ टन सुन खरिद गरेकाले बजारले केही आड भने पाइरहेको छ।
KATHMANDU — International gold and silver prices have fallen to their lowest levels in over a year amid a strengthening US dollar and projections of further interest rate hikes. After dropping to $3,832 per ounce on Monday, gold recovered by about 0.75 percent on Tuesday to reach $3,861. Similarly, silver, which fell to $46.50 on Monday, climbed more than 2 percent on Tuesday to settle at $47.50 per ounce. With this decline, gold is on track for its steepest annual drop since 2015.
Since hitting an all-time high of nearly $5,600 per ounce in January, gold has tumbled by more than 30 percent. Over the same period, silver—which had peaked at $121.65—has plunged by roughly 60 percent. The downturn in precious metals began following geopolitical tensions in Venezuela and Iran, as well as US President Donald Trump's selection of Kevin Warsh to lead the Federal Reserve.
Because gold yields no interest, investor appetite has waned as yields on US government bonds climbed to around 5 percent alongside expectations of another rate hike in December. Even the conflict in Iran—typically a catalyst for safe-haven assets during wartime—failed to buoy gold prices this time. Analysts note that rising oil prices and inflation driven by the conflict point toward tighter monetary policy, putting further pressure on gold demand.
Investor attention is now focused on the minutes of the US central bank's October meeting, set to be released on Wednesday. Meanwhile, investment bank Goldman Sachs has issued a revised forecast projecting gold to reach $4,150 per ounce by the end of 2026. Despite market volatility, the bullion market continues to receive some support from central banks worldwide, which purchased 675 tonnes of gold through September 2026, according to the World Gold Council.