बुटवल — आन्तरिक राजस्व कार्यालय बुटवलले रूपन्देहीको सिद्धार्थ केबलकार लिमिटेडलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ। आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार कार्यालयको कार्यक्षेत्रअन्तर्गत दोस्रो सर्वाधिक आयकर दाखिला गरेबापत कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंसिर १ गते आयोजित कार्यक्रममा कम्पनीलाई उक्त सम्मान दिइएको थियो। सम्मानपत्रमा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल तथा प्रमुख कर अधिकृत हरि बस्यालको हस्ताक्षर छ।
कर न्याय र सुशासनमार्फत राष्ट्रिय विकासमा पुऱ्याएको योगदानको कदर गर्दै संस्थालाई सम्मानित गरिएको कार्यालयले जनाएको छ। आगामी दिनमा अन्य करदाताका लागि समेत प्रेरणाको स्रोत बन्दै थप योगदान पुऱ्याउने अपेक्षा कार्यालयले राखेको छ।
BUTWAL — The Inland Revenue Office, Butwal, has honored Siddhartha Cable Car Limited of Rupandehi as a top taxpayer. The company received a certificate of appreciation for filing the second-highest income tax within the office's jurisdiction based on its income statement for the fiscal year 2081/82.
The honor was presented on Mangsir 1 on the occasion of National Tax Day 2083. The certificate bears the signatures of Department of Inland Revenue Director General Dr. Bhishmakumar Bhusal, Chief District Officer and chief guest Bishwa Prakash Aryal, and Chief Tax Officer Hari Basyal.
According to the office, the recognition was conferred in appreciation of the company's contribution to national development through tax justice and good governance. The office also expressed hope that the firm will serve as a source of inspiration for other taxpayers and continue its contributions in the future.