शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्ने बारे सूचना
शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति: २०८३/०२/२१
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३/०२/२९
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १ : १ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा निर्धारित समयभित्र आवेदन नपरेकाले प्रचलित कानून तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन नं. १५ समेतको प्रावधानलाई आधार मानी उक्त निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८३ साल जेष्ठ २९ गते भित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ।
तपसिल
बोलपत्रद्वारा बिक्री गरिने शेयरको विवरण: ४,७४,६९६ कित्ता साधारण शेयर
सि.नं. बोलपत्र आवेदन फाराम पाउने र बुझाउने स्थान (संकलन केन्द्र) हरुः
१. श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौँ।
२. श्री एन आई सी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरुः क्रमशः (१) विराटनगर-३, मोरङ्ग (२) आदर्शनगर, वीरगञ्ज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी (६) त्रिशुली, नुवाकोट (७) नारायणगढ, चितवन र (१०) नेपालगंज, बाँके।
शर्तहरुः
- बोलपत्र आवेदन फाराम माथि उल्लेखित संकलन केन्द्रहरुबाट रु.१००/- नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ। साथै माथि तोकिएका एन आई सी एशिया बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट आवेदन दिन चाहने आवेदककर्ताहरुले सोही शाखाबाट बैंकको छाप लगाएको आवेदन फाराम खरिद गरी लिनुपर्नेछ। छाप नलगाएको आवेदन फारामलाई अयोग्य ठहरार्इ बाँडफाँडमा समावेश गरिने छैन।
- शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। साथै, बोलपत्र फाराम शिलबन्दी गरिएको हुनुपर्नेछ।
- बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट रुपमा लेख्नु पर्नेछ। अंक र अक्षरमा लेखेको फरक भएमा कम्पनीले अंकमा लेखेकोलाई मान्यता दिईने छैन। केरमेट भएको ठाउँमा दस्तखत गरी केरमेट भएकोलाई मात्र मान्यता दिईनेछ। केरमेट भई कबोल गरेको शेयर संख्या वा रकममा कुनै रकम नबुझिने गरी केरमेट भएकोलाई मान्यता दिईने छैन। साथै, आवेदन गर्ने कित्ता पूर्ण कित्तामा हुनुपर्नेछ।
- बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर तथा आफ्नो हितग्राही खाता नं. (Demat Account No.) लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ।
- बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद नभएकोले रु. ५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र रु. ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. (PAN) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ।
- बोलपत्रवालाले आफुले खरिद गर्न चाहेको सम्पूर्ण शेयर कित्ता बराबरको रकम NIC ASIA CAPITAL - BUDDHABHUMI को नाममा खिचिएको Good for Payment Cheque संलग्न गरी बोलपत्र पेश गर्नु पर्नेछ। आवेदकले पेश गरेको Good for Payment Cheque लाई NIC ASIA CAPITAL - BUDDHABHUMI को बैंक खातामा जम्मा हुने गरी Clearing गर्ने व्यवस्था मिलाईने छ। साथै, IPS मार्फत भुक्तानी गर्नेको हकमा तपसिल बमोजिमको बैंक खातामा रकम रकमान्तरण गरी सो को निस्सा बोलपत्र आवेदनसाथ संलग्न गर्नु पर्नेछ। Good for Payment गर्दा लाग्ने शुल्क तथा रु. २ लाखभन्दा बढी रकमको Good for Payment को चेक जम्मा गर्दाको चेक क्लियरीङ्ग शुल्क बापतको रकम आवेदक स्वयंले व्यहोर्नु पर्नेछ।
क्र.सं. खाता रहेको बैंकको नाम खाता नं.
- एन आई सी एशिया बैंक लिमिटेड, थापाथली, काठमाडौँ NIC ASIA CAPITAL - BUDDHABHUMI ०५४४४४४४११०२५७३२
- बोलपत्रदाता नेपाली नागरिक वा नेपालमा दर्ता भएको संगठित संस्था हुनुपर्नेछ। आवेदक संगठित संस्था, फर्म, कम्पनी वा कम्पनी भई कम्पनी दर्ता प्रमाणपत्र, प्यान नं. तथा शेयर खरिद गर्न सम्बन्धमा प्रमाणित प्रतिलिपि, संस्था प्रमुखको नागरिकताको प्रमाणित प्रतिलिपि लगायत आवेदन फाराममा उल्लेखित विवरण तथा कागजातहरु संलग्न गर्नु पर्नेछ।
- शिलबन्दी बोलपत्र पेश गर्दा खाम बाहिर "बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर खरिद आवेदन" र बोलपत्रदाताको नाम समेत उल्लेख भएको हुनु पर्नेछ। शिलबन्दी बोलपत्र लाहाछाप गरिएको हुनुपर्नेछ।
- बोलपत्र आवेदन मिति २०८३/०२/२९ गते बैंकिङ्ग समयभित्र यस निष्काशनका लागि तोकिएको संकलन केन्द्रहरुमा प्राप्त भई सक्नु पर्नेछ। कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको वा म्याद नाघि आएको बोलपत्रलाई मान्यता दिईने छैन।
- बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन।
- प्राप्त बोलपत्रहरु तोकिएका संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा प्राप्त भए पश्चात सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराइने छ।
- उपत्यका बाहिरका संकलन केन्द्रहरुबाट संकलित आवेदनहरु कुरियर मार्फत पठाउनु पर्ने भएकोले कुनै कारणवश काबु बाहिरको परिस्थिति पर्न गई निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय समयमा प्राप्त हुन नसकेमा वा बीचमा नै नष्ट हुन गएमा नियामक निकायको राय सुझाव लिएर मात्र लिलाम बढाबढको आवश्यक प्रक्रिया अगाडी बढाईनेछ।
- प्राप्त बोलपत्रहरुमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँड गरिनेछ। यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबोल गर्नेलाई क्रमशः बाँडफाँड गरिनेछ। बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदनहरु पर्न गई बाँडफाँड हुन बाँकी शेयर भन्दा बढी माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा बाँडफाँड गरिनेछ। यसरी समानुपातिक रुपमा बाँडफाँड गर्दा समेत केही शेयर बाँकी रहन गएमा निष्काशन कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार हुनेछ।
- बोलपत्र आवेदनहरु मध्ये बाँडफाँडमा नपरेका आवेदकहरुको बोलकबोल बापत जम्मा भएको रकम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा जम्मा हुने गरी IPS मार्फत फिर्ता भुक्तानी गरिनेछ। यस्तो यस्तो फिर्ता गर्ने रकममा कुनै ब्याज प्रदान गरिने छैन।
- शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्न सक्ने वा बोलपत्र आवेदन सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार यस कम्पनीको सञ्चालक समितिमा रहनेछ।
- बोलपत्र बुझाउने समयवधि भित्र कुनै सार्वजनिक विदा पर्न गएमा बोलपत्र बुझाउने म्याद थप गरिने छ।
- बोलपत्र स्वीकृत भएको खण्डमा बोलपत्र स्वीकृतिको जानकारी बिक्री प्रबन्धकको Website: www.nicasia capital.com मा हेर्न सक्नुहुने छ।




