NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Capital Budget 32% Spent in Just 29 Days
    २९ दिनमै पूँजीगत खर्चको ३२ प्रतिशत सकियो
    Economy
    1 min read
    Published on July 15, 2025
    Nepse Trading

    २९ दिनमै पूँजीगत खर्चको ३२ प्रतिशत सकियोCapital Budget 32% Spent in Just 29 Days

    सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा आएर फेरि पनि असारे विकासको शैली दोहोर्याएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार २९ असारसम्म पूँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ, जुन ३१ जेठसम्मको १ खर्ब ४३ अर्बको तुलनामा ६७ अर्बले बढी हो। मात्र असार महिनामै ६७ अर्ब ९६ करोड रुपैयाँ खर्च गरिएको देखिन्छ। यद्यपि, पूँजीगत खर्चको कुल लक्ष्य ३ खर्ब ५२ अर्बमध्ये अहिले सम्म ५९.९८ प्रतिशत मात्र खर्च भएको छ, जसले सरकारको विकास खर्च सम्बन्धी प्रतिबद्धता पुनः असफल भएको देखाउँछ।

    अर्कोतर्फ, रकमान्तरमार्फत बजेट खर्च गर्ने प्रवृत्ति पनि कायमै देखिएको छ। अघिल्लो आव २०८०/८१ मा मात्रै सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ रकमान्तरमार्फत खर्च गरेको थियो। चालु आवमा चैत र वैशाखमा मात्रै साढे ६ अर्ब बजेट रकमान्तर गरिएको छ भने जेठ र असारमा यो आँकडा झनै बढ्ने संकेत देखिन्छ। यस्ता रकमान्तरहरू बजेटको सुरुवातमै प्रतिबन्धित भए पनि अघिल्लो वर्ष सुरुवाती त्रैमासमै ११ अर्बभन्दा बढी बजेट रकमान्तर गरी खर्च गरिएको थियो। त्यस्तै, गौरवका आयोजनाका लागि छुट्याइएको ५ अर्बभन्दा बढी रकम अन्यत्र खर्च गर्नुले विनियोजनको शुद्धतामा प्रश्न उठाएको छ।

    प्रधानमन्त्री तथा अर्थमन्त्रीहरू सार्वजनिक रूपमा विकास ढिलाइप्रति चिन्ता व्यक्त गरिरहेका बेला फिल्डमा भने स्थिति प्रतिकूल छ। उदाहरणका लागि, दाउन्ने सडकखण्ड झरिले बारम्बार अवरुद्ध हुन्छ, तर त्यसको स्थायी समाधानमा गम्भीरता देखिँदैन। पूर्व सचिवहरूको अनुसार, सरकारले बजेट ठूला राष्ट्रिय आयोजना होइन, खुद्रे कार्यक्रमहरूमा खर्च गर्ने प्रवृत्ति राखेको छ। असार मसान्तसम्म समग्र बजेट खर्च पनि १५ खर्ब नाघिसकेको छ, जुन जेठ मसान्तमा १२ खर्ब ८२ अर्ब थियो। यो २९ दिनमै २ खर्ब २६ अर्बभन्दा बढी बजेट खर्च हुनुले सरकारको खर्च प्रणालीमा पुनः असारे चाप देखिएको प्रस्ट पार्छ।

    The government has once again followed the trend of "Asare Bikash" (end-of-year spending rush), with a massive spike in capital expenditure in the final month of the fiscal year 2081/82. According to the Office of the Financial Comptroller General, capital spending reached NPR 211.35 billion by the 29th of Asar, up from NPR 143.38 billion at the end of Jestha—an increase of NPR 67.96 billion in just one month. Despite this surge, only 59.98% of the total allocated capital budget of NPR 352.35 billion has been spent, indicating failure in achieving the annual target.

    Meanwhile, the government’s growing reliance on virement (reallocation of budget) continues. In fiscal year 2080/81 alone, the government spent NPR 256.41 billion through virement. This year, over NPR 6.5 billion was reallocated just in Chaitra and Baisakh, with significantly more expected during Jestha and Asar. Notably, NPR 5.28 billion allocated for national pride projects was spent elsewhere, directly contradicting budget statement rules that prohibit such reallocations. This practice raises serious concerns over the government’s budget discipline and quality of expenditure.

    Despite public statements of concern from the Prime Minister and Finance Minister regarding project delays, the reality on the ground tells a different story. Critical infrastructure like the Daunne section of the East-West Highway remains vulnerable to weather disruptions. Former officials highlight that budget focus tends to shift from major national projects to politically motivated, small-scale, constituency-targeted programs. By the 29th of Asar, total government expenditure had jumped by over NPR 226 billion in just 29 days—reaching NPR 1.509 trillion out of the total NPR 1.860 trillion annual budget—showing once again that fiscal discipline often collapses under the pressure of year-end spending.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026