NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. Capitalist Economy: Characteristics, Strengths, and Weaknesses
    पुँजीवादी अर्थव्यवस्था: विशेषता, सबल पक्ष, र दुर्बल पक्षहरू
    Education
    2 min read
    Published on September 4, 2024
    NEPSE trading

    पुँजीवादी अर्थव्यवस्था: विशेषता, सबल पक्ष, र दुर्बल पक्षहरूCapitalist Economy: Characteristics, Strengths, and Weaknesses

    पुँजीवादी अर्थव्यवस्था भनेको यस्तो आर्थिक प्रणाली हो जहाँ उत्पादनका साधनहरू, जस्तै: जमिन, कारखाना, श्रमशक्ति, आदि, निजी स्वामित्वमा हुन्छन्। यस प्रणालीमा राज्यको हस्तक्षेप अत्यन्त न्यून रहन्छ, र आर्थिक गतिविधिहरू निजी स्वामित्वका आधारमा चलाइन्छन्।

    यस अर्थव्यवस्थामा निम्नलिखित क्रियाकलापहरू स्वायत्त रूपमा गरिन्छ:

    • लगानी गर्ने क्षेत्र र समयको निर्धारण

    • उत्पादन गरिने वस्तु र सेवाको छनोट

    • बिक्रीका लागि बजारको निर्धारण

    पुँजीवादी अर्थव्यवस्थाका आधारभूत विशेषताहरू:

    1. निजी सम्पत्तिको कानुनी सुरक्षा
      निजी सम्पत्ति अधिकारलाई कानुनले सुरक्षा प्रदान गर्दछ।

    2. सम्पत्ति हस्तान्तरणको व्यवस्था
      व्यक्तिको सम्पत्ति सन्तानमा हस्तान्तरण हुने व्यवस्थामा हुन्छ।

    3. नाफा आर्जन गर्ने उद्देश्य
      नाफा कमाउने उद्देश्यले निजी फर्म र उद्योगहरूको स्थापना र सञ्चालन हुन्छ।

    4. फर्महरूबीच प्रतिस्पर्धा
      व्यवसायहरूबीच तीव्र प्रतिस्पर्धा हुन्छ जसले गुणस्तर सुधार र मूल्य घटाउने प्रक्रियालाई प्रेरित गर्छ।

    5. बजारको माग र आपूर्तिका आधारमा आर्थिक गतिविधि
      माग र आपूर्तिका आधारमा बजारमा आर्थिक गतिविधि सञ्चालन गरिन्छ।

    6. उपभोक्ताको स्वतन्त्रता
      उपभोक्तालाई आफ्ना आवश्यकताका अनुसार वस्तु तथा सेवा छनोट गर्न स्वतन्त्रता हुन्छ।

    7. सरकारको सीमित हस्तक्षेप
      आर्थिक क्रियाकलापमा सरकारको हस्तक्षेप न्यून रहन्छ।

    क) सबल पक्षहरू:

    • उद्यमशीलता प्रवर्धन
      नाफा र प्रतिस्पर्धाका कारण उद्यमशीलता र नवप्रवर्तनमा प्रोत्साहन मिल्छ।

    • स्रोत साधनको महत्तम परिचालन
      उपलब्ध स्रोत साधनको अधिकतम उपयोग हुन्छ।

    • उत्पादकत्व वृद्धि
      प्रतिस्पर्धाका कारण व्यक्तिहरू अधिक मेहनत गरेर उत्पादन बढाउँछन्।

    • उचित श्रम कदर
      बढी श्रम गर्ने बानीको विकास र श्रमको उचित कदरको परिपाटी स्थापित हुन्छ।

    • उपभोक्ताको लाभ
      खुला बजारमा प्रतिस्पर्धाका कारण उपभोक्तालाई कम मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त हुन्छ।

    • तीव्र आर्थिक वृद्धि
      तीव्र आर्थिक वृद्धिले नागरिकको जीवनस्तर माथि उठाउँछ।

    • रोजगारी र आय सिर्जना
      नयाँ उद्योगहरूको स्थापना गर्दा रोजगारी र आय सिर्जना हुन्छ।

    • सरकारी राजस्वको वृद्धि
      उद्योग र व्यापारबाट प्राप्त राजस्वलाई सार्वजनिक पूर्वाधार निर्माण र सामाजिक न्यायमा खर्च गर्न सकिन्छ।

    ख) दुर्बल पक्षहरू:

    • आम्दानी र सम्पत्तिमा असमानता
      पुँजीवादी अर्थव्यवस्थामा आम्दानी र सम्पत्तिमा उच्च असमानताको अवस्था सिर्जना हुन्छ।

    • श्रम शोषण र मानव अधिकारको हनन
      नाफा केन्द्रित हुँदा श्रमिकको श्रम शोषण तथा मानव अधिकारको हनन हुन सक्छ।

    • वर्ग सङ्घर्षको अवस्था
      आर्थिक असमानताका कारण वर्ग सङ्घर्षको स्थिति सिर्जना हुन सक्छ।

    • सामाजिक विकृतिहरूको विकास
      सम्पत्तिप्रतिको उच्च मोह र महत्वले सामाजिक विकृतिहरू सिर्जना गर्न सक्छ।

    • गैरनैतिक गतिविधिहरूको वृद्धि
      कालोबजारी, एकाधिकार, र उपभोक्तालाई हानि पुर्‍याउने क्रियाकलापहरू हुन सक्छन्।

    • वातावरणीय ह्रास
      अत्यधिक नाफा केन्द्रित हुँदा वातावरणीय दोहन र प्रदूषणको वृद्धि हुन्छ।

    • अर्थतन्त्रमा अस्थिरता
      व्यापार चक्रमा उतारचढाव सँगै अर्थतन्त्रमा अस्थिरता देखापर्छ।

    निष्कर्ष:

    पुँजीवादी अर्थव्यवस्थाले आर्थिक वृद्धि र नवप्रवर्तनका द्वारहरू खुला गरे तापनि यसमा बजार असफलता, आर्थिक असमानता, र श्रम शोषणको सम्भावना रहन्छ। तसर्थ, सबल र दुर्बल पक्षहरूलाई सन्तुलनमा राख्दै सीमित र विवेकशील सरकारी हस्तक्षेप आवश्यक हुन्छ।

    A capitalist economy is an economic system where the means of production, such as land, factories, and labor, are privately owned. In this system, government intervention is minimal, and economic activities are primarily driven by private ownership.

    In a capitalist economy, the following activities are carried out autonomously:

    • Determination of sectors and timing for investment.

    • Selection of goods and services to be produced.

    • Determination of the market for sale.

    Fundamental Characteristics of a Capitalist Economy:

    1. Legal Protection of Private Property: The law provides security to private property rights.

    2. Property Transfer Arrangement: Property is transferred to heirs under a legal framework.

    3. Profit Motive: Private firms and industries are established and operated with the goal of making a profit.

    4. Competition Among Firms: Intense competition exists between businesses, which encourages quality improvement and price reduction.

    5. Economic Activity Based on Market Demand and Supply: Economic activities are conducted based on market demand and supply.

    6. Consumer Freedom: Consumers have the freedom to choose goods and services according to their needs.

    7. Limited Government Intervention: Government intervention in economic activities is minimal.

    a) Strengths:

    1. Promotion of Entrepreneurship: The profit motive and competition encourage entrepreneurship and innovation.

    2. Optimal Utilization of Resources: Maximizes the use of available resources.

    3. Increased Productivity: Competition encourages individuals to work harder and increase production.

    4. Fair Labor Practices: Encourages the development of a work ethic and fair compensation for labor.

    5. Consumer Benefits: Due to open market competition, consumers can obtain high-quality goods and services at lower prices.

    6. Rapid Economic Growth: Fast economic growth improves the standard of living for citizens.

    7. Employment and Income Generation: New industries create jobs and generate income.

    8. Increase in Government Revenue: Revenue generated from industries and trade can be used for public infrastructure and social justice.

    b) Weaknesses:

    1. Income and Wealth Inequality: A capitalist economy often leads to high levels of income and wealth inequality.

    2. Exploitation of Labor and Human Rights Violations: The profit-centric approach can result in labor exploitation and human rights violations.

    3. Class Conflict: Economic inequality may create conditions for class conflict.

    4. Development of Social Distortions: Excessive emphasis on wealth can lead to social distortions.

    5. Increase in Unethical Activities: Practices like black marketing, monopolies, and consumer harm can increase.

    6. Environmental Degradation: A focus on profit can lead to environmental exploitation and pollution.

    7. Economic Instability: Fluctuations in the business cycle can lead to economic instability.

    Conclusion:

    While a capitalist economy opens doors for economic growth and innovation, it also carries the potential for market failures, economic inequality, and labor exploitation. Therefore, a balance between strengths and weaknesses, with limited and prudent government intervention, is essential.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026