आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको तयारी
Author
NEPSE trading
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि मौद्रिक नीतिको तयारी सुरु गरेको छ। सरकारले बजेट प्रस्तुत गरेपछि राष्ट्र बैंकले विभिन्न सरोकारवालासँग राय र सुझाव माग्दै आगामी मौद्रिक नीति निर्माण प्रक्रिया अघि बढाएको हो। यस सम्बन्धमा आर्थिक अनुसन्धान विभागले असार १६ गतेसम्म राय/सुझावहरू उपलब्ध गराउन आग्रह गरेको छ।
राष्ट्र बैंकको यो पहल अर्थतन्त्रको स्थिरता र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। मौद्रिक नीतिका लागि आवश्यक सुझावहरू एनआरएनए भवन, बालुवाटार, काठमाडौंमा रहेको आर्थिक अनुसन्धान विभागमा पठाउन सकिनेछ। साथै, राय/सुझावहरू monetarypolicy@nrb.org.np मा इमेल मार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ।