काठमाडौँ — बैंकिङ प्रणालीमा निक्षेप संकलन तीव्र भए पनि अपेक्षित रूपमा कर्जा विस्तार हुन नसक्दा अतिरिक्त तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकका लागि महँगो बन्दै गएको छ। केन्द्रीय बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार प्रणालीमा थुप्रिएको लगानीयोग्य रकम खिच्न प्रयोग गरिएका मौद्रिक उपकरणहरूको ब्याज खर्च एक वर्षमै १४५.१६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च ९ अर्ब २ करोड ६५ लाख रुपैयाँ मात्र थियो।
पछिल्लो चार वर्षको तथ्यांक हेर्दा तरलता प्रशोचनबापत राष्ट्र बैंकले बेहोर्ने ब्याज खर्च ३६ गुणाभन्दा बढीले उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ६ करोड १२ लाख रुपैयाँ रहेको यस्तो खर्च गत वर्षसम्म आइपुग्दा २२ अर्ब नाघेको हो। गत वर्ष राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडीएफ), निक्षेप संकलन बोलकबोल र राष्ट्र बैंक ऋणपत्रमार्फत कुल ४२५ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन कारोबार गरेको छ। जसमध्ये निक्षेप संकलन बोलकबोलमा १३ अर्ब ३१ करोड, स्थायी निक्षेप सुविधामा ५ अर्ब ८० करोड र ऋणपत्रमा ३ अर्ब ३ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ।
मुलुकको वित्तीय प्रणालीमा देखिएको यो अधिक तरलताको मुख्य कारण निक्षेप र कर्जा विस्तारबीचको असन्तुलन हो। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप १४.६८ प्रतिशतले बढ्दा कर्जा प्रवाह ६.६० प्रतिशतमा मात्र खुम्चिएको छ। कात्तिक २५ गतेसम्म कुल निक्षेप ८५ खर्ब ३२ अर्ब र कर्जा ६१ खर्ब १८ अर्ब रुपैयाँ पुग्दा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.९६ प्रतिशतमा सीमित छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा (२.७५ प्रतिशत) भन्दा तल अन्तरबैंक दर झर्न नदिन निरन्तर पैसा खिच्नुपरेकाले खर्च बढेको प्रवक्ता गुरुप्रसाद पौडेलले बताए।
ब्याज तिरेर मात्र तरलता खिच्ने परम्परागत अभ्यास महँगो साबित हुन थालेपछि राष्ट्र बैंकले अब वैकल्पिक मौद्रिक औजारहरूको खोजी थालेको छ। विदेशी मुद्रा खरिद गर्दा बजारमा थपिने नेपाली रुपैयाँको आपूर्ति सन्तुलनमा राख्न ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ लागू गर्ने तथा रेमिट्यान्स भुक्तानीमा आवश्यकताअनुसार विदेशी मुद्रा नै उपलब्ध गराउने विकल्पमा केन्द्रीय बैंकले अध्ययन अघि बढाएको छ। यद्यपि, अर्थतन्त्रमा कर्जाको माग नबढ्दासम्म केन्द्रीय बैंकको यो खर्चिलो हस्तक्षेप निरन्तर चलिरहने देखिन्छ।
KATHMANDU — Managing surplus liquidity in Nepal's banking system has become increasingly costly for Nepal Rastra Bank (NRB) as deposit accumulation continues to outpace sluggish credit demand. According to the central bank's annual report for fiscal year 2082/83, interest expenses incurred on monetary instruments used to mop up excess funds soared by 145.16 percent in a single year to reach NPR 22.129 billion, up from NPR 9.026 billion in the previous fiscal year.
Data over the past four years reveals that the central bank’s liquidity absorption costs have multiplied by more than 36 times, rising from just NPR 61.2 million in FY 2079/80 to over NPR 22 billion last year. Throughout FY 2082/83, NRB conducted total liquidity absorption transactions worth NPR 42,516.25 billion via the Standing Deposit Facility (SDF), deposit collection auctions, and NRB bonds. Of the total interest paid to banks and financial institutions, NPR 13.31 billion went toward deposit collection auctions, NPR 5.80 billion toward the SDF, and NPR 3.03 billion toward NRB bonds.
The persistent liquidity glut stems from a widening gap between deposit growth and loan disbursement. Last fiscal year, commercial bank deposits grew by 14.68 percent, while credit expansion stalled at just 6.60 percent. With total deposits reaching NPR 8,532 billion against total lending of NPR 6,118 billion as of November 11 (Kartik 25), the average Credit-to-Deposit (CD) ratio remains subdued at 70.96 percent. NRB Spokesperson Guru Prasad Poudel noted that absorbing excess funds to prevent interbank rates from falling below the interest rate corridor's lower bound of 2.75 percent is a routine monetary responsibility rather than an unnecessary expense.
With traditional interest-bearing absorption tools proving expensive, the central bank is exploring alternative mechanisms to manage money supply. NRB has initiated studies on implementing 'sterilized intervention' to offset the domestic liquidity injected when purchasing foreign currency, alongside exploring options to disburse remittances directly in foreign currency when necessary. However, analysts note that until private sector confidence rebounds and productive credit demand picks up, the central bank will likely remain locked in costly market interventions.