चम्पावती हाइड्रोपावर लिमिटेड
नागार्जुन १, काठमाडौँको
१७औं वार्षिक साधारणसभासम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू !
यस कम्पनीको मिति २०८३/०६/०५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १७औं वार्षिक साधारणसभा देहायका विषयमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावको जानकारी एवं उपस्थितिका लागि कम्पनी ऐन, २०६३ को दफा ६७ तथा कम्पनीको नियमावली २०७६ को नियम १८(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
साधारणसभा बस्ने मिति, समय र स्थान
- मिति : २०८३/०६/२८ गते बुधबार (१४ अक्टोबर, २०२६)
- समय : बिहान ८:३० बजे
- स्थान : अनुपम फुडल्यान्ड, बत्तीसपुतली, काठमाडौँ ।
छलफलका विषयहरू
(क) साधारण प्रस्ताव
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षणको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणउपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु ४०,००,००,००० (चालिस करोड)को २० प्रतिशतले हुने रकमबाट नगद लाभांश १६ प्रतिशत ६,४०,००,०००।- अक्षरेपी छ करोड चालीस लाख (नगद तथा बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
(ख) विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ४०,००,००,००० (चालिस करोड)को ४ प्रतिशतले हुने रकम रु १,६०,००,०००।- अक्षरेपी एक करोड साठी लाख बोनश शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
(ग) विविध ।
आज्ञाले
कम्पनी सचिव



