चम्पावती हाइड्रोपावर लिमिटेड
नागार्जुन-१, काठमाडौँको
१७औं वार्षिक साधारण सभासम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू,
यस कम्पनीको मिति २०८३/०६/२१ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस अगाडि २०८३ असोज २८ गतेका लागि तय भई स्थगित गरिएको कम्पनीको १७औं वार्षिक साधारण सभा देहायका विषयमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावको जानकारी एवं उपस्थितिका लागि कम्पनी ऐन, २०६३ को दफा ६७ तथा कम्पनीको नियमावली २०७६ को नियम १८ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।
साधारण सभा बस्ने मिति, समय र स्थान
- मिति: २०८३ कात्तिक २० शुक्रवार (६ नोभेम्बर, २०२६)
- समय: बिहान ८:३० बजे
- स्थान: अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौँ।
छलफलका विषयहरू
क) साधारण प्रस्ताव
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
- लेखापरीक्षणको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
- आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
- सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरण योग्य संचित मुनाफाबाट चुक्ता पूँजी रू. ४०,००,००,००० (चालीस करोड) को १६ प्रतिशतले हुने रकम रू. ६,४०,००,०००/- अक्षरुपी छ करोड चालीस लाख (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने।
ख) विविध।
आज्ञाले,
कम्पनी सचिव



