सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको
८ औं विशेष साधारण सभा बस्ने सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३/०२/१३
मिति २०८३/०२/१२ गते बसेको संचालक समितिको १७० औं बैठकले निर्णय गरे अनुसार यस बैंकको ८ औं विशेष साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, स्थान र समय
सभा हुने मिति :- २०८३ साल आषाढ ३ गते (तदनुसार १७ जुन, २०२६) बुधवार
सभा हुने स्थान :- बैंकको मुख्य कार्यालय रहेको भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाण्डौ ।
सभा संचालन विधि :- विद्युतीय माध्यम (Zoom) र भौतिक रुपमा एकसाथ संचालन हुने ।
सभा सुरु हुने समय :- बिहान ०१:०० बजे
२. छलफलका विषयहरु:
क. साधारण प्रस्तावहरु
१. बैंकको नियमावली अनुसार समूह 'क' का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) र समूह 'ख' का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद ३ (तीन) निर्वाचन गर्ने कार्यतालिका सहित प्रस्ताव ११ औं वार्षिक साधारण सभामा रहेकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८२/०८/११ को अन्तरिम आदेश बमोजिम निर्वाचन प्रक्रिया रोकिएकोमा सो मुद्दा नं ०८२-WO-०५०२ मिति २०८२/१२/१५ मा अन्तिम आदेश फैसला भई रिट खारेज भएकोले रोकिएको संचालकहरुको निर्वाचन प्रक्रिया कार्यान्वयन गर्ने सम्बन्धमा ।
ख. विशेष प्रस्तावहरु
१. संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य शर्तहरु सहित रु. १००/- का दरले रु. २,००,००,००,०००/- (अक्षरेपि दुई अर्ब रुपैयाँ) बराबरको "७.५ प्रतिशत सिटिजन्स अधिमोच्य असञ्चिति अग्राधिकार शेयर" (7.5% Citizens Perpetual Non-Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने ।
२. बैंकको विशेष प्रस्ताव नं. १ बमोजिम जारी गरिने "७.५ प्रतिशत सिटिजन्स अधिमोच्य असञ्चिति अग्राधिकार शेयर" (7.5% Citizens Perpetual Non-Cumulative Preference Share) को हदसम्म प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने ।
(क) बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा अग्राधिकार शेयर जारी गरि पूँजी परिचालन गर्ने व्यवस्था थप गर्ने सम्बन्धमा ।
(ख) बैंकको अधिकृत पूँजी वृद्धि र संरचना संशोधन गर्ने सम्बन्धमा ।
(ग) बैंकको जारी पूँजी वृद्धि र संरचना संशोधन गर्ने सम्बन्धमा ।
(घ) बैंकको चुक्ता पूँजी वृद्धि र संरचना संशोधन गर्ने सम्बन्धमा ।
(ङ) बैंकको समूहगत शेयर स्वामित्वलाई थप स्पष्ट पार्ने सम्बन्धमा ।
३. अग्राधिकार शेयर जारी/दर्ता/सूचीकरण गर्न लगायत सोसँग सम्बन्धित कार्यहरुको स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै शर्तहरु संशोधन लगायतमा आवश्यकता अनुसार थपघट, परिमार्जन, भाषा लगायत अन्य सुधार तथा सोही बमोजिम प्रबन्धपत्र/नियमावलीमा समेत आवश्यक संशोधन गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग. विविध
विशेष साधारण सभा सम्बन्धी अन्य जानकारी
१. विशेष साधारण सभालाई ध्यानमा राखि मिति २०८३/०२/२६ गते १ दिन बैंकको शेयरधनी दर्ता किताब बन्द रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३/०२/२५ गतेसम्म कारोबार भई म्यादभित्र यस बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलिघर, डिल्लीबजार, काठमाडौँमा प्राप्त शेयर नामसारीको लिखतको
आधारमा शेयरधनीहरुले किताबमा कायम शेयरधनीहरुले सा सभामा भाग लिन पाउने छन् ।
- विशेष साधारण सभामा विद्युतीय माध्यम (Zoom Webinar) मार्फत् सहभागी हुन र आफ्नो मन्तव्य राख्न इच्छुक शेयरधनी महानुभावहरुले आफ्नो नाम, शेयरधनी नम्बर वा DMAT/BOID No. (आफ्नो ईमेल ठेगाना सहित) कम्तीमा २ दिन अगावै Meeting ID र Password का लागि यस बैंकको शेयर रजिष्ट्रार श्री सिटिजन्स क्यापिटल लिमिटेड लि. को ईमेल ठेगाना [email protected] मा अनुरोध गर्नु पर्नेछ । शेयरधनीहरुको पहिचान पश्चात् Meeting ID र Password उपलब्ध गराइनेछ । विशेष साधारण सभा शुरु हुनुभन्दा १ घण्टा अगाडिबाट Zoom खुल्ला गरिनेछ । Zoom मार्फत् सहभागिताका लागि शेयरधनी महानुभावले आफ्नो Zoom Login ID मा DMAT Account No. वा सेयरधनी नं. स्पष्ट खुल्ने गरी उल्लेख गर्नुपर्नेछ ।
- विशेष साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले हितग्राही (DMAT) खाताको विवरण/शेयर प्रमाणपत्र र आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनुहुन अनुरोध छ ।
- शेयरधनी महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका बिहान ०७:०० बजेदेखि खुल्ला गरिने छ ।
- सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात् २०७९/०३/०१ गते बिहान ०७:०० बजेभित्र बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा दर्ता गराई सक्नु पर्नेछ । बैंकको शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्याई प्रोक्सी दिन पाइने छैन, यसरी दिइएको प्रोक्सी बदर हुनेछ ।
- प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी)लाई मान्यता दिईयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फाराम बैंकको मुख्य कार्यालयमा सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइने छ । प्रतिनिधि नियुक्त गरी सकेको शेयरधनी आफैं सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा दिइएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।
- एकभन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एकजनाले मात्र वा लागत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छन् ।
- नाबालक शेयरधनीहरुको तर्फबाट बैंकको शेयर लागत दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भइरहेका महानुभावहरुले सभामा भाग लिन वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।
- सभा सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरबारमार्ग, काठमाण्डौमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।
- सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरुले सभा स्थलमा आउँदा झोला, ब्याग जस्ता वस्तुहरु नलिई आउनु हुन अनुरोध छ । आवश्यक देखिएमा सुरक्षाकर्मीले सुरक्षा जाँच गर्न सक्ने हुंदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।




