बीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२८ गतेको नयाँपत्रिका)
श्री शेयरधनी महानुभावहरु,
मिति २०८३/०५/२६ गते शुक्रबार बसेको यस कम्पनीको संचालक समितिको १५२औं बैठकले निर्णय गरे अनुसार यस कम्पनीको बीसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, स्थान र समय:
मिति : २०८३ साल आश्विन १९ गते (तदनुसार अक्टुबर ०५, २०२६), सोमबार ।
स्थान : सिटिजन्स क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौं ।
समय : बिहान ११:०० बजे ।
छलफलका विषयहरु :
(क) साधारण प्रस्तावहरु
- आ.व.२०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको कम्पनीको वासलात र मिति २०८२/०४/०१ देखि २०८३/०३/३२ सम्मको नाफा-नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
- संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुन आउने रकम रु. २,६०,००,०००।- (अक्षरेपी दुई करोड र साठी लाख मात्र) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- यस कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्ति अनुमोदन गर्ने ।
(ख) विविध
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारी:



