सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड योजनाको
इकाईधनी दर्ता किताब बन्द हुने बारेको सूचना
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही संचालनमा रहेको सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) ले आर्थिक वर्ष २०८२/८३ को योजनाका इकाईधनीहरुलाई कर समेत ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने प्रयोजनका लागि इकाईधनी दर्ता किताब मिति २०८३ आश्विन ०८ गते एक दिनका लागि बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । इकाईधनी दर्ता किताब बन्द हुने मिति भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको समयावधि भित्र रितपूर्वक नामसारी भई आएका इकाईधनीहरु मात्र नगद प्रतिफलको लागि हकदार हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
साथै, विभिन्न आर्थिक वर्षहरुमा वितरित नगद लाभांश लिन बाँकी रहेका इकाईधनीहरुले आफ्नो हितग्राही खातामा हाल संचालनमा रहेको बैंक खाता अद्यावधिक गर्नुहुन वा आवश्यक कागजात सहित स-प्रमाण यस कम्पनीको शेयर रजिस्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्नुहुन समेत यसै सूचना मार्फत अनुरोध गर्दछौं ।
योजना व्यवस्थापक तथा डिपोजिटरी
सिटिजन्स क्यापिटल लिमिटेड



