·

वाणिज्य बैंकले संस्थागत निक्षेपलाई बेवास्ता गरेपछि बोर्डको पुनः सूचना जारी

Author

NEPSE trading

वाणिज्य बैंकले संस्थागत निक्षेपलाई बेवास्ता गरेपछि बोर्डको पुनः सूचना जारी

नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम वाणिज्य बैंकहरूमा मुद्दती निक्षेप राख्न दोस्रो पटक सूचना जारी गरेको छ। यसअघि पुस १८ गते बोर्डले निक्षेपमा लगानीका लागि प्रस्ताव मागेको थियो तर कुनै पनि प्रस्ताव नपरेपछि बोर्डले फेरि सूचना जारी गर्दै तीन दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

बोर्डले नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०७६ अन्तर्गत वाणिज्य बैंकमा ६ महिनाको लागि मुद्दती निक्षेप राख्न खोजेको हो। यसका लागि इच्छुक वाणिज्य बैंकहरूले ६ महिने ब्याजदर सहित प्रस्ताव पेश गर्नुपर्नेछ।

यसअघि बोर्डले प्रस्ताव पेश गर्ने समय ५ दिन राखेकोमा यस पटक थप ३ दिनको समय दिएको छ। बोर्डले यस निक्षेपलाई सुरक्षित र प्रभावकारी बनाउन नीतिगत रूपमा सहि निर्णय लिने बताएको छ।

Related News